समाचार

नयाँ मोडमा शालिकराम पुडासैनी प्रकरण : रवि लामिछानेलाई भेट्न हिरासतमै पुगे आइजीपी खनाल

काठमाडौं । शालिकराम पुडासैनी प्रकरण थप नयाँ मोडमा पुग्ने देखिएको छ । अहिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेट गर्नुभएको छ ।

आज चितवन जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई खनालले भेट गर्नुभएको हो । प्रहरी महानिरीक्षक खनालले चितवन प्रहरी नियन्त्रणमा रहेका लामिछाने र युवराज कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उहाँले संचारकर्मीहरु लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरेको भनिएको छ । उहाँले भ्रमणको क्रममा प्रहरी कार्यालय, हिरासत कक्षको निरीक्षण पनि गर्नुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
चितवनको प्रहरी कार्यालय भ्रमणपछि प्रहरी महानिरीक्षक खनालले नवलपरासीमा रहेको जिल्ला प्रहरी कार्यालयको पनि भ्रमण गरेको प्रहरीका सह–प्रवक्ता उमेशराज जोशीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close