समाचार

रविले अपिल त्रिपाठीसँग भने मलाई यी ४ वटा विषयमा चासो रहेको छ

चितवन । प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई गण्डकी छड्केका कार्यक्रम प्रस्तोता एवं पत्रकार अपिल त्रिपाठीले भेटेका छन् । प्रहरी हिरासतमा रहेका लामिछानेलाई त्रिपाठीले हिरासतमै पुगेर कुराकानी गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।भेटका क्रममा त्रिपाठीलाई लामिछानेले मुख्य चारवटा विषयमा चासो रहेको बताएको उल्लेख गर्दै त्रिपाठीले आफ्नाे फेसबुक वालमा लेखेका छन्:

प्रहरीको हिरासतमा रहेका रवि लामिछाने र युबराज कँडेललाई भेटेँ, रवि लामिछानेको आत्मबिश्वासमा कुनै कमि देखिन, भेटमा उहाँले मुख्यतः ४ वटा बिषयमा कुरा गर्नु भो, १. मलाई फसाउन खोजियो, २. प्रहरी अनुसन्धानको प्राथामिकता बारे, ३. म यहाँ छु, धेरै जनताका समस्या टेलिभिजनमा देखाउन छुटिसके, ४. अस्ति अदालतमा भएका बिषय, साथै चितवनका एसपी, डिएसपी , जिल्लाका राजनैतिक दलका केही नेता र प्रदर्शनकर्ताका अगुवा सँग पनि भेटघाट भयो, घटनास्थलमा पनि पुगे, अधिकांश सुचना प्रहरीले लुकाएको छ, परिस्थिति लाइ आफू अनुकुल बनाउन केही तत्वहरु मार्फत पुडासैनिको लाशमाथि लाजनिती पनी गरिएछ, (नोट म भाषण गर्न चाही आएको हैन है ?

Related Articles

Back to top button
Close