अन्तर्राष्ट्रिय समाचार

बलिउडका चर्चित संगीतकर्मी ४२ वर्षे वाजिदको कोरोनाले लियो ज्यान

एजेन्सी। बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार अबेर राती निधन भएको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै उनको कोरोनाभाइरसका कारण ४२ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको छ ।
इन्टरटेन्मेन्ट जर्नलिस्ट फारिदुन सर्यारले वाजिदको मृत्यु कोभिड–१९ का कारण भएको ट्वीटमार्फत् जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘चर्चित गायक सोनु निगमले चर्चित संगीतकर्मी वाजिद खानको केही बेर अघि निधन भएको जानकारी मलाई दिए । उनी कोभिड–१९ द्वारा संक्रमित थिए।’
यस्तै, वाजिदका वाल्यकालका साथी रणवीर शौरीले लेखे, ‘मेरो वाल्यकालका साथीको यस्तो खबर सुनेर दुःखी छु । वाजिदले कोभिड–१९ सामू घुँडा टेको । म शोकमा छु । वाजिद, मेरो भाइ तिमी र तिम्रा परिवारका लागि अँगालोभरीको माया पठाइरहेको छु । यो अत्यधिक दुःखद हो।’

यस्तै वाजिदका नजिकका साथी गायक सलिम मर्चेन्टले उनलाई याद गर्दै श्रद्धाञ्जली दिएका छन् । उनले ट्वीटरमा लेखे, ‘साजिद वाजिदमार्फत् चर्चित वाजिद खानको निधनको खबर सुनेर म उजाडिएको महसुस गरिरहेको छु । अल्लाहले उनको परिवारलाई शक्ति दिउन् । सेफ ट्राभल वाजिद खान । तिमी निकै छिट्टै गयौ । म शोकमा छु र टुटेको छु । ’
यस्तै, प्रियंका चोपडाले पनि उनको मृ’त्युमा ट्वीटरमा टिप्पणी गरेकी छिन्, ‘निकै भ’यानक समाचार । म सधैं साजिद भाइको एउटा कुरा याद गरिरहनेछु, उनको हाँसो । सधैं हाँसिरहने । निकै छिट्टै बिदा भए । उनको परिवार र शो’कमा भएका सबैप्रति मेरो समवेदना ।’

भारतीय सञ्चारमाध्यमका अनुसार वाजिद लामो समयदेखि मृगौलाको समस्यासँग जु’धिरहेका थिए । उनको मुम्बईको एक अस्पतालमा उपचा चलिरहेको थियो । अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो ।

Related Articles

Back to top button
Close