समाचार

आज अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढ्यो, कुन देशको कति ?

काठमाडौं । आज (शुक्रबार) अमेरिकी डलरसहित प्राय सबै देशको मुद्राको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ २० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ३२ पैसा र बिक्रिदर १४० रुपैयाँ ५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७६ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ३७८ रुपैयाँ ७७ पैसा रहेको छ।

Related Articles

Back to top button
Close