समाचार

मान्छेको भीडलाई हेरेर रविले म ‘बादसाह’ हुँ भन्ने नसोचे हुन्छ– किशोर श्रेष्ठ

प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठले रवि लामिछाने पत्रकार नभएको बताएका छन् । एक अन्तर्वार्ताका क्रममा श्रेष्ठले रवि लामिछाने पत्रकार नै नभएको बताएका हुन् ।पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा श्रेष्ठले प्रश्न गरे,‘उहाँले आफैं भनिरहनुभएको छ म पत्रकार होइन, प्रेस पास लिन्न तपाईं किन उहाँलाई जबरजस्ती पत्रकार बनाइरहनु भएको छ ?’

त्यसपछि पत्रकार धमलाले प्रश्न गरे : उसो भए रवि जी पत्रकार होइन ?

किशोर श्रेष्ठ : सारा मेन स्ट्रिमका मिडिया हेर्नुहोस्, टिभी कार्यक्रम प्रस्तोता भनेर लेखेको छ । पत्रकार उहाँले नै होइन भनिरहनुभएको छ त तपाईं को उहाँलाई पत्रकार भन्ने ?

ऋषि– किन उहाँ पत्रकार होइन ?

किशोर श्रेष्ठ– सूचना विभागलाई न्यूज २४ ले पठाएको विवरणमा रविको कर्मचारी नम्बर १९ भनेको छ । एउटा विदेशी कर्मचारी कसरी हुन्छ ? श्रम इजाजत पनि थिएन । उहाँले मलाई कसले छुन सक्छ भन्दै सिस्टमलाई ‘च्यालेन्ज’ गर्नुभयो । उहाँ चाहिं के कानूनभन्दा माथि हो ? उहाँको बारेमा छानबिन गर्न नपाउनु ? कानून तोडेर बस्ने मान्छे उहाँ चाहिँ के त ? अरुलाई औंला ठड्याउने मान्छे आफू शुद्ध हुनु पर्दैन ?

ऋषि– आज नेपाली जनता रविको पक्षमा छन्, सडकमा छन्…

किशोर श्रेष्ठ– सडकमा आउन नेपालमा छुट छ नि ! विचार राख्न छुट छ । लोकतन्त्र मानिएको देश । हिजोजस्तो अभिव्यक्ति स्वतन्त्रता छ । अन्त कतै नभएको पूर्ण प्रेस स्वतन्त्रता छ । संविधानको धारा २७ ले सूचनाको हकसँगै धारा २८ ले गोपनीयताको हक पनि दिएको छ । तपाई‌ंले आफ्नो अधिकार उपयोग गर्दा अरुको अधिकार स्वतन्त्रता उल्लंघन गर्न पाउनुहुन्न ।

रवि लामिछाने निष्पक्ष हो उसलाई जोगाउनुपर्छ भनिरहँदा यसलाई चाँहि जिउँदै आगो लगाएर मार्छु भनेर तपाईंले भन्न पाउनुहुन्न । त्यस्तो भनिएको भिडियो आएको छ । प्रचण्डलाई त्यस्तो भनिएको छ, जो देशको दुईपटक प्रधानमन्त्री बन्नुभएको छ । प्रचण्डको छोरी जनताबाट निर्वाचित मेयर र दानबहादुर मल्ल राज्यले पत्याएर पठाएका एसपी छन् । अनि उहाँलाई हिरासतमा बस्नु परो भनेर त्यसको काउन्टरको रुपमा किशोर श्रेष्ठ, दानबहादुर मल्ललगायतलाई अर्को मुद्दा लगाएर अल्झाइदिऊँ भनेर हुन्छ ।

ऋषि– एउटा पत्रकारलाई जोगाउन प्रेस काउन्सिल, पत्रकार महासंघ किन नहिँडेको ?

किशोर– जब आफैले पत्रकार म पत्रकार होइन भनिरहनुभएको छ त तपाईं जबरजस्ती उहाँलाई किन पत्रकार बनाउन खोज्दै हुनुहुन्छ ?

ऋषि– उहाँले म सञ्चारकर्मी हो भनिरहनुभएको छ ….

किशोर श्रेष्ठ– उहाँले के भनिरहनुभएको छ भने घटनाको निष्पक्ष छानबिन हुनुपर्छ म सघाउन तयार छु भनेको होइन ? जानुभयो त उहाँ सघाउन आफैं ? सघाउने भनेको के हो ? अदालत गएर बयान दिने हो । सघाउने भनेको के हो ? प्रहरीकहाँ गएर मेरो प्रमाण यो हो, म चोखो छु भन्ने हो । ममाथि मिथ्या दोष आइलाग्यो भन्न जाने हो ।

ऋषि– जनताले यो कुरालाई विश्वास गर्न सकिरहेका छैनन्, प्रदर्शन गरिरहेका छन् त फेरि ?

किशोर श्रेष्ठ– जनताको कुरा नगर्नुस् । तपाईलाई के लागिरहेको छ ? तपाईलाई पनि ५७ दिन थुनेर यातना दिइयो । कुटनीतिक, अन्तर्राष्ट्रिय मिडियाले साथ दियो तपाईका हकमा । तपाई नेपालको कानून मानेर हिँड्नुभएको थियो त्यही भएर तपाईको पक्षमा सबै उर्लिए । मैले उहाँ(रविजी)को अपमान गर्न खोजेको होइन, मै हुँ भन्ने कुन नेपाली पत्रकार उहाँको पक्षमा आएको छ ? मै हुँ भन्ने राजनीतिज्ञको आएको छ अगाडि ? मै हुँ भन्ने कर्मचारीतन्त्रबाट को बोलेको छ ? भ्रममा कहिले पनि बस्नु हुँदैन । भीडको भ्रममा बाँच्ने मानिसहरुको जिन्दगी, करियर क्षणिक हुन्छ । कर्ण हेजुलाई त्यही भीडले भक्तपुरमा जितायो । नारायणमान विजुक्छेंले नै टिकट दिनुभएको थियो । तर त्यही भीडले नै कर्ण हेजुलाई २०४५ सालमा सडकमा घिर्सार्दै पीनले रोप्दै, छाताले घोच्दै मार्यो । त्यही भीडले रोहितलाई जेलमा हाल्यो । त्यसैले आजको भीडलाई हेरेर कसैले पनि म बादसाह हुँ भन्ने नसोचे हुन्छ ।

ऋषि– रविको गिरफ्तारीको ग्राण्ड डिजाइनमा किशोरसहित धेरैको नाम जोडिएको छ..

किशोर श्रेष्ठ– के किशोर श्रेष्ठ उहाँको प्रतिस्पर्धी हो ? के किशोर श्रेष्ठले उहाँको खोरिया फाड्दिएको छ ? उहाँको कुनै कार्यक्रमलाई आँच पुर्‍याउने काम गरेको छ ? उहाँको साहू अनिल जोशीबारे धेरैलाई थाहा छ । इराकमा १२ जना नेपाली मारिँदा काठमाडौं नै ध्वस्त हुने अवस्था बनेको थियो । ती १२ जना नेपालीलाई कसले पठाएको थियो ? कसको म्यानपावरले पठायो ? अनिल जोशीको म्यानपावरले ? इतिहासको हेक्का राखियोस् ।

रवि लामिछानेको पछाडिको भीडको डरले भन्न डराउने चितवनका तिलक गैरेले मसँग यति पैसा मागियो मैले यति बुझाए भने । शंकरापुरको एउटा कलेजसँग कति पैसा उठाइयो ? उहाँको भाग कति हो ? उहाँको टीमले कति उठायो ? छानबिन हुँदै गर्ला । भीडको दबाबले अहिले म बोल्न रोकिउँला । तर अर्को पुस्ताले सत्यको उत्खनन गर्छ । त्यसैले क्षणिक लहडमा उम्लिन पर्ने छैन । तिनै जनताले सजाय पनि दिएका छन् पुरस्कार पनि दिएका छन् ।

ऋषि– शालिकराम भिडियो प्रकरणमा रविको संलग्नता छ त्यसो भए ?

किशोर– त्यो मैले भन्ने होइन ।

ऋषि– तपाईले त हेर्नुभयो अध्ययन गर्नुभयो

किशोर– मैले भने नि त्यो कन्टेन्टमा जाने होइन । त्यो अनुसन्धानकर्ताले पत्ता लगाउने हो । तर कुरा के हो र घाम जत्तिकै छर्लङ्ग के हो भने त्यो भिडियोमा शालिकरामले केही कुरा बोलेका छन् ।

ऋषि– बोलेको भरमा गिरफ्तारी गर्न मिल्छ ?

किशोर श्रेष्ठ– अपराध संहिता हेर्नु भएको छ ? नयाँ नयाँ कानून बनेका छन् । यस्तै यस्तै प्रवृतिको कारणले हो । मिडिया काउन्सिल विधेयक ल्याएर पत्रकारलाई अलि कसिलो बनाउँ भन्दा हामीले नै होइन नगरौं भनेर सरकारविरुद्ध जुटेको होइन ?

ऋषि– त्यसो भए शालिकरामको आत्महत्यामा रविको संलग्नता छ ?

किशोर– मैले त्यसो भनिन । त्यो भिडियोले धेरै भनेको छ । त्यो अनुसन्धानकर्ताले भन्लान् ।

ऋषि– होइन तपाईले क्लियर कट बताउनुपर्‍यो नि । तपाई प्रेस काउन्सिलको कार्यावाहक अध्यक्ष हो ।

किशोर– अनुसन्धान गर्ने, आरोप लगाउने, रविलाई फसाउने वा चोख्याउने काम प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको काम होइन । मेरो काम भनेको पत्रकारले पत्रकार आचारसंहिता पालन गरो कि गनेर हेर्ने हो ।

ऋषि– शालिकरामको आत्महत्यामा कसको कति प्रतिशत हात छ ?

किशोर– शालिकराम पुडासैनीको आत्महत्या अघिको भिडियोमा तीन जनाको नाम लिइएको छ । तपाईले हेरेको पनि त्यही हो मैले हेरेको पनि त्यही हो ।

ऋषि– यी तीनै जना दोषी हुन्छन् कि निर्दोष भएर क्लिन चिट लिएर आउँछन् ? ठ्याक्कै भनिदिनुस्…

किशोर– मेरो शुभकामना छ निर्दोश भएर आउनुहोस् । उहाँहरुमाथि लगाइएको आरोप छ भने धुमिल होस् ।

ऋषि– चितवनको भीडले त दबाब दिइरहेको छ नि !

नगरिदिए हुन्थ्यो । उहाँले रवि जीको स्वास्थ्यमा ख्याल र चिन्ता प्रकट गर्नुभएको छ त्यो सकारात्मक छ ।

ऋषि– तपाईसँग सत्तासँग अदालतसँग पहुँच छ । अहिले आएर तपाईंकै कारणले रवि जेल जानुपर्‍यो भनिरहेका छन् मानिसले ?

किशोर श्रेष्ठ– त्यसो भए त शालिकरामले रविजीलाई फसाउन, किशोर श्रेष्ठलाई गुन लगाउन आत्महत्या गर्नुभयो भने भै हाल्यो नि, के त्यसै हो ? शालिकरामले मर्दामर्दै त्यही गुण लगाएको र रविजीलाई बैगुन लगाएको हो ? के भन्न खोजिएको हो ?

ऋषि– ‍तपाईं त रविको भन्डाफोर गर्न लागिरहनुभएको छ ?

किशोर– भन्डाफोर गरेको रुपमा नलिइयोस् । उहाँले दिनदु:खीको उद्दार गर्नु भएको होला । आवाजविहीनको आवाज बोलिदिनुभएको होला तर त्यसो भनेर उहाँको सारा बैगुन क्षम्य हुन्छ त ? उहाँको जीवनको अर्को पाटो छैन ?

ऋषि– उहाँको अर्को पाटो बताइदिनुस् त

किशोर– नैतिक रुपमा चारित्रक रुपमा कतिको सद्ध हुनुहुन्छ ? उहाँले केही महिनाअघि सोमबार बिहान म चौथो श्रीमती बिहे गर्दैछु भन्दा डेढ घन्टामा साढे १४ हजार लाइक त्यसमध्ये धेरै महिलाको । उहाँले तीनजना महिलालाई अन्याय गरिसक्नुभयो । बहुपत्नी प्रथामा गइसक्नुभयो । तर त्यसलाई महान् भनेर बधाई दिने हामी यही समाजका भीड हौं ।

ऋषि– रविजी लगायत तीन जनालाई जेलमा सडाउने रणनितीमा सफल हुनुभयो त्यसो भए ?

तपाईले एकदम ट्वीस्ट गर्नुभयो । मैले षड्यन्त्र गरेको छैन र गर्नुपनि छैन । गर्दिन पनि । म विशुद्ध पत्रकारिता गर्छु । म मरेर बाँचेको छु । पत्रकारहरुलाई थुनामा पर्दा मैले धेरै पत्रकारलाई बचाएर ल्याएको छु ।

यो पनि पढ्नुस – विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ । यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ । पिण्डेश्वरमा अरु बेलाभन्दा साउनमा अत्यधिक भीड लाग्ने गरेको छ । भक्तजनले यहाँ पूजापाठसँगै जल चढाउने गरेका छन् ।

उक्त मन्दिर गुठी संस्थानअन्तर्गत सञ्चालित रहेको मन्दिरका पुजारी विनोद पोखरेलले बताउनुभयो ।पिण्डेश्वर मन्दिरको महिमा नेपालका अन्य शिव मन्दिरहरुकाे तुलना फरक र महत्वपूर्ण छ । हरेक मन्दिरको आफ्नै विशेषता र महत्व हुने गर्दछ । मध्यकालिन कला कैशलको नमुना देख्न सकिने धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर बाबा धामको पनि आफ्नै किसिमको विशेषता र महत्व छ । यहाँ प्रत्येक वर्ष (बर्ष भरिमा) करिव ७ देखि ८ लाखको हाराहारीमा भक्तजनहरु श्रद्धा पूर्वक भक्ती भावले पुजा आरधना गर्न आउछन् । जस मध्य करिव ५ लाखको हारहारीमा श्रावण महिनामा शिवलाई जल चढाउन आउने गर्दछन् ।

स्कन्दपुराणको हिमवत्खण्ड अन्तरगत रुद्राक्षण माहात्म्यले पिण्डेश्वर बाबा धामको उत्पतिको बारेमा वर्णन गरेको छ । पिण्डेश्वर परिसरलाई रुद्राक्षका वनको रुपमा उल्लेख गरेको छ । त्यस्तै समुन्द्र मंथन गर्ने क्रममा विभिन्न बस्तुहरु निस्किए, साथै अमृत पनि ति बस्तुहरुलाई छानेर अमृत निकाली सकेपछि बाँकी रहेका बिकार यूक्त बस्तु अथवा छोक्राको पिण्ड बनाई यस स्थानमा देवताहरुले पुजा गर्ने गरेको बताइएको छ । संसारको जुनकुनै कुनामा यदि रुद्राक्षको माला फल प्राप्ती गर्ने उदेश्यले लगाइन्छ भने उक्त रुद्राक्षकोमाला पिण्डेश्वर बाबा धाममा ल्याई विधिवतरुपमा मन्त्र उच्चारण गरिनु पर्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

यहाँ तिर्थालुहरु, सु स्वास्थ, दिर्घायू, सन्तान प्राप्ती, कर्मफल प्राप्तीलगायत रोजगार,व्यापारमा सफलताको मनोकामना पुरा हुने विश्वासका साथ पश्चिम नेपालदेखि भारतका विभिन्न ठाउँहबाट आउने गर्दछन् । बिगतमा यस भेगमा बारम्बर र चितम्बर नाम गरेका दुई चमत्कारी बाबाहरु बस्नेगरेको यहाँका जानकारहरु बताउछन् । उनीहरु शिव भक्त, गुरु शिश्य भएको तथा पिण्डेश्वर परिसरमा बस्ने र यहि पुजा गर्ने गरेका कारण उनीहरुको मृत्यु पश्यात, मन्दिर परिसर भित्रनै अन्तश्ठी गरी शिव लिङ्ग स्थापना गरि उनीहरुको समाधि निमार्ण गरेको छ ।

यस मन्दिरमा मध्यकाली कला कैशलका नमुनाहरु रहेका कारण पिण्डेश्वर बाबा धामको ख्याती मध्यकालमा पनि रहेको जाेकोहिले पनि सहजै बुझ्न सक्छ । मन्दिरको दक्षिणी भेगमा पिण्डेश्वर भगवानको मन्दिर रहेको छ । त्यस्तै गणेश अस्टभुजा लगायतका मन्दिर हरु रहेको छ । त्यस्तै मुल मन्दिरको बाहिर हनुमान, सरस्वती तथा सन्तोसीमाताको पनि मन्दिर रहेको छ ।यस पिण्डेश्वर क्षेत्र भित्र सरस्वती कुण्ड, र संस्कृत अध्यापन हुने पिण्डेश्वर क्याम्पस रहेका छन् । ऐतिहासिक, धार्मिक र संस्कृतीक दृष्टिले पिण्डेश्वर पूर्वको एक महत्वपूर्ण स्थलको मानिन्छ ।

पिण्डेश्वरमा कात्तिक मेलामा वराहक्षेत्र आउने साधुसन्तका लागि हन्डीको व्ययावस्था गरिएको हुदा यसको सम्बन्ध वराहक्षेत्रसंग पनि रहेको मानिन्छ, तथापि प्रत्येक १२ वर्षमा चतरामा लाग्ने महा कुम्भ मेलाको घडाको स्थापना यसै मन्दिरमा थापिएकोले र पिण्डेश्वर मन्दिरमा रहेको अखण्ड ज्योती निभेसको आगो निभ्दा रामधुनीबाट आगो ल्याएर वाल्नुपर्ने र रामधुनीको आगो मर्दा याहाँबाट लगेर सल्काउनु पर्ने प्रचलन रहेकोले पिण्डेश्वर बाबा धामको सम्बन्ध यी मन्दिरहरुसंग पनि रहेको छ ।यस धाममा बाला चर्तुदशी, शिवरात्री र तिजमा मेला लाग्ने गर्दछ ।

पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास बनेपाली भन्छन् कोशी र कोकोह को तटको यो हरि हर क्षेत्र पुर्वको एक महत्व पुर्ण क्षेत्र हो यसको सम्रक्षण र प्रर्वधन गर्नु सम्पुर्णको दायित्व हो करिव २ घण्टाको दुरिमा रहेका यि धार्मिक स्थलको उचित संरक्षण गर्नु हरेकको दायित्व हो । हाम्रो संस्कृती नै हाम्रो पहिचान भएकाले यसको संरक्षण गर्नाले आफ्नो पहिचानको संरक्षण हुनेछ ।“सन्तान प्राप्ति होस् भनेर आउनेको सङ्ख्या धेरै छ”, उहाँले भन्नुभयो । पछिल्लो समय पिण्डेश्वरमा बाह्य पर्यटकसमेत घुम्न आउन थालेका छन् । यहाँ पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

गत सोमबारसम्म झण्डै ८० हजार भक्तजनले पिण्डेश्वरको दर्शन गरेको पुजारी पोखरेलले जानकारी दिनुभयो ।“मन्दिरको भित्री भाग जीर्ण बन्दै गएको छ । मन्दिरको कलाकृति पनि लोप हँुदै गएको छ”, उहाँले भन्नुभयो । भवन जीर्ण हुँदा डराइडराइ बस्नुपरेको पोखरेल बताउनुहुन्छ । मन्दिरबारे स्थानीय तहले ध्यान नदिएको उहाँको गुनासो छ । मन्दिर परिसरमा स्थानीयवासीले फूलपाती र प्रसादको व्यापार गर्दै आएका छन् ।सुनसरीको दुहबीबाट पूजा गर्न आउनुभएकी सपना चौधरी आफू हरेक वर्ष साउनमा पिण्डेश्वरमा भगवान् शिवको पूजा गर्न आउने गरेको बताउनुहुन्छ ।

उहाँ यहाँ गाईको दूध चढाउन आउनुहुन्छ । “पहिलाभन्दा मन्दिर वरपर फोहर बढेको छ, शौचालय व्यवस्थित गर्न सकेका छैनन््”, चौधरीले भन्नुभयो । यस्तै विराटनगरबाट पूजा गर्न आउनुभएकी गीता कार्की आफ्नो लागि साउन महीना खास रहेको बताउनुहुन्छ ।साउनमै आफूलाई छोरी प्राप्ति भएकाले पिण्डेश्वर धाम आउने गरेको उहाँले बताउनुभयो । साउनमा माछा मासु नखाई भक्तजन पिण्डेश्वरमा पूजापाठ गर्न आउने गरेका छन् ।सुनसरीको खनारका दीपक थापा बेलाबेलामा परिवार र साथीभाइसँग पिण्डेश्वर आउने गरेको बताउनुहुन्छ ।

उहाँले यहाँ घुम्न आउनेका लागि पानी र शौचालयको राम्रो प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । मन्दिरमा भेटिनुभएकी विराटनगरकी सुष्मा पराजुली बर्सेनी पिण्डेश्वर धाममा आउने गरेको बताउनुहुन्छ । “यहाँको दर्शन गर्दा मन आनन्दित हुन्छ, इच्छयाएको कुरा प्राप्त हुन्छ”, उहाँले भन्नुभयो । मन्दिर छेउमै ‘सरस्वती स्वभर पोखरी’ रहेको छ । सो क्षेत्रको संरक्षण भने हुन सकेको छैन ।

Related Articles

Back to top button
Close