समाचार

क्वारेन्टाईनमा बसेका युवक ४ दिनदेखि बिरामी, अस्पताल लैजान आनाकानी

कैलाली । केलालाीको एक क्वारेन्टाइनमा बसेका युवक चार दिन देखि विरामी भएका छन् । भारतवाट फर्किएका एक युवक कैलालीको लम्कीचुहा नगरपालिका स्थित एक क्वारेन्टाइनमा बसेका छन् । लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसको २६ वर्षका युवा चार दिन देखि विरामी रहेको स्थानियले बताएका छन् । तर अहिले सम्म उनलाई अस्पताल लगिएको छैन भन्दै स्थानियले विरोध गरेका छन् । क्वारेन्टाइनमा विरामी अवस्थामा अलपत्र पर्दा समेत उपचारका लागि लैजाने ब्यवस्था नहुँदा उनको स्वास्थ्य अवस्था गम्भिर हुँदै गएको छ ।

चार दिनदेखि हातखुट्टा गल्ने, दुःख्ने, पेट दुःख्ने, वान्ता हुने, टाउको दुःख्ने लगायतको स्वासथ्य समस्या भएको ति युवकले टेलिफोनमा बताएका छन् । उनले आफुलाई अस्पताल लैजान आग्रह समेत गरेका छन् । आफ्नो आवाज सरोकारवाला निकायसम्म नपुगेको भन्दै उनले तत्काल उपचारको ब्यवस्थाका लागि सरोकारवाला समक्ष आवाज लगिदिन सञ्चार माध्यमलाई आग्रह गरेका छन् । ती युवकले दुई दिन अघि मात्र लम्कीचुहा अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सलाईन र केही औषधी दिएपनि स्वास्थ्यमा सुधार नभएको बताएका छन् ।

भारतको कोरोना प्रभावित क्षेत्रवाट फर्किएका उनी त्यस्तो स्वास्थ्य समस्या पनि देखिएपछि डराएका छन् । उनले आफ्नो कोरोना परिक्षण समेत गरिदिन आग्रह गरेका छन् । यता लम्कीचुहा नगरपालिकाले भने बिरामी युवकलाई चिकित्सकको सल्लाह अनुसार औषधी चलाईएको जनाएको छ।

नगरपालिकाकी स्वास्थ्य संयोजक जयन्ती विसीले युवकलाई चिकित्सकको सल्लाह अनुसार औषधी दिईएको बताउँदै कोरानोको प्रारम्भिक जाँच प्रविधि आरडिटी टेस्ट गर्ने तयारी भएको बताईन्। त्यसका लागि स्वास्थ्य टोली आज नै क्वारेन्टाइन तर्फ गएको पनि बताएकी छन् । प्रारम्भिक जाँच आरडिटी रिपोर्टवाट आउने परिणामका आधारमा उनलाई थप परिक्षण गरिने स्वास्थ्यकर्मीको भनाई छ । बिरामी भएपछि उनलाई अहिले क्वारेन्टाईनमा छुट्टै व्यवस्थापन गरी राखिएको छ।

Related Articles

Back to top button
Close