अन्तर्राष्ट्रिय समाचार

मालिकको कोरोनाका कारण मृ’त्यु, तर उनको कुकुर ३ महिनासम्म अस्पताल बाहिर कुरेर बसिरह्यो

एजेन्सी,कुकुरलाई सबैभन्दा इमान्दार जनावर मानिन्छ । चीनमा यो भनाईलाई पुष्टि गर्ने घटना सार्वजनिक भएको छ । ऊहानमा ७ वर्षको कुकुर शिआओ बाओ चर्चामा छ । उसले तीन महिनादेखि कोरोनासँग जुधिरहेका आफ्नो मालिकलाई ऊहान अस्पतालमा प्रतिक्षा गरिरह्यो । उसको मालिकको मृ’त्यु अस्पताल भर्ना भएको ५ दिनपछि भएको थियो । तर यो कुराबाट बेखबर शियाओ अस्पतालको लबीमा तीन महिनासम्म मालिकलाई भेट्ने आशामा प्रतिक्षा गरिरह्यो ।डेली मेलका अनुसार​ शिआओ अस्पतालमा मालिकको प्रतिक्षा गरिरहेका बेला अस्पतालका कर्मचारीले उसलाई खाना खुवाए ।

१३ अप्रिलमा जब ऊहानमा लकडाउन हट्यो र बजार खुल्ला भयो तब एक पसलेले उसलाई अपनाए ।पसले वू कु’इफेनका अनुसार अप्रिलको मध्यमा उनी अस्पतालबाट बाहिर निस्किरहेका बेला उनले उक्त कुकुरलाई देखेका थिए । उनले भने, ‘त्यतिबेला मैले यसललाई शियाओ बाओ नामले बोलाएँ । यसरी नै उसले नाम पायो । अस्पतालका कर्मचारीले मलाई शिआओका मालिक एक वृ’द्ध पे’न्सनर भएको बताए जो कोरोनाद्वारा संक्रमित थिए ।’वू भन्छन्, ‘मेरो शिआओसँग एउटा परिवारको जस्तो सम्बन्ध छ । जब म पसल खोल्छु, ऊ यहाँ आइहाल्छ ।

यसलाई मैले धेरै पटक अर्को ठाउँमा पनि राखिदिएँ तर ऊ फर्केर आइहाल्छ । शिआओ अब मलाई छो’डेर जान चाहँदैन ।’२० मे मा शिआओ तायकाङ्ग अस्पताल पुनः पुगेको थियो, त्यतिबेला त्यहाँ बि’रामीको अ’त्यधिक भी’ड थियो । अस्पतालका कर्मचारीले शिआओबारे थुप्रै अ’सन्तुष्टि सुन्नपर्यो तसर्थ ऊहानमा जनावरको रेखदेख गर्ने सरकारी संस्थासँग सम्पर्क गरियो । संस्थाका सदस्य आएर शिआओलाई लगे । त्यहाँ उसको हे’रविचार गरियो र नसबन्दी पछि उसलाई फि’र्ता छो’डिएको छ ।

Related Articles

Back to top button
Close