अन्तर्राष्ट्रिय समाचार

भारतले पाकिस्तानी जासुस भन्दै समातेको परेवाको रहस्य खुल्यो, पाकिस्तानवाट आयो मोदीलाई यस्तो आग्रह

एजेन्सी । भारतले पाकिस्तानी जासुर भन्दै नियन्त्रणमा लिएको एक परेवाको रहस्य खुलेको छ । एक पाकिस्तानी किसानले आफ्नो परेवा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको भन्दै सुरक्षित रुपमा फिर्ता गर्न आग्रह गरेका छन्। उनले त्यो परेवा कुनै जासुस नभएको र आफुले पालेको एक सामान्य परेको भएको बताएका छन् ।

सोमबार भारतीय सीमा सुरक्षा बल (बीएसएफ)ले पाकिस्तानले पठाएको जासुसी परेवा समातेको बताएको थियो। परेवाले रिँग लगाएको र त्यसमा केही नम्बर पनि लेखिएको भन्दै भारतीय प्रहरीले त्यो पाकिस्तानी जासुस हुन सक्ने बताएको थियो ।

तर पाकिस्तानको सीमावर्ती गाउँ बग्गा सकरगढका बासिन्दा हबिबुल्लाहले आफूले पालेको मध्ये एउटा परेवा भारतीय सेनाले समातेको भन्दै फिर्ता गरिदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष आग्रह गरेका छन् । उनलेसो परेवा जासुस नभएको स्पष्ट पारेका छन्।

उनले परेवा ‘प्रोटोकलअनुसार र सम्मानपूर्वक’ फिर्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र लेख्दै आग्रह गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

बग्गा गाउँका बासिन्दाले पाल्तु परेवा पक्राउको विरोध गर्दै सीमा क्षेत्रमा दिल्लीको विरोधमा नाराबाजी गरेको समेत बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार त्यो परेवा एक महिलाको घरमा प्रवेश गरेको थियो। परेवाको खुट्टामा धातुको रिङ पनि बाँधिएको थियो। हबिबुल्लाहले सो रिङमा आफ्नो मोबाइल नम्बर लेखिएको पनि बताएका छन्।

Related Articles

Back to top button
Close