समाचार

एकैचोटी ११४ जनालाई कोरोना पुष्टि हुदा कुन जिल्लामा कति थपिए ?

काठमान्डौ , नेपालमा आज एकैचोटी ११४ जना कोरोना संक्रमित थपिएका छन ।देशका बिभन्न ठाउमा थप ११४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देबकोटाले बताए । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ११४ जनामा कोरोना पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहटमा ३५, बाग्लुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रूकुमपूर्वमा ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको मन्त्रालयका प्रबक्ता देबकोटाले बताए ।कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृ’त्यु भएको छ। संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन्। म‌ंगलबार राती नारायणी कोभिड अस्थायी अस्पतालबाट २१, बुधबार कोशी अस्पतालबाट ४ र भेरीस्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १८३ पुगेको छ ।

Related Articles

Back to top button
Close