भिडियो

मृ’ तक नवराज बिकको दिदिको बेदना, सकिएन सम्हाल्न- (हेर्नुहोस भिडियो)

काठमाडौं १४ जेठ / शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घ ट नामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनावि रुद्ध कि टानी जा हेरीसमेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनावि रुद्ध कर् तव्य ज्यानसम्बन्धी कि टानी जा हेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताउनुभयो ।

दलित अधिकारकर्मी र पीडित परिवारले घ टनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घा इतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बे पत्ताको तत्काल खोजी गर्नुपर्नेलगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका हुन् । चौरजहारी नगरपालिका–८ का टीकाराम सुनारको शव परीक्षण गरिएको छ भने अन्य दुई जनाको आज परीक्षण गरिने प्रजिअ पन्तले बताउनुभयो ।

हराएका तीन जनाको खोजी भइरहेको जनाइएको छ । खोजीमा स्थानीयवासी, नेपाली सेना, स शस्त्र प्रहरी र नेपाल प्रहरीका जवान संलग्न छन् । गोताखोरलगायत प्राविधिक स्रोत साधन नहुँदा बेपत्ताको खोजीमा समस्या भएको जिल्ला प्रहरी प्रमुख प्रनाउ श्रेष्ठले बताउनुभयो ।

भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् । बे प त्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा तथा चौरजहारीका –८ का सुनारको श व यसअघि नै फेला परिसकेको छ ।

Related Articles

Back to top button
Close