समाचार

आमाबाबुलाई नै कोरोना संक्रमण, उनीहरुको १ वर्षको छोरामा कोरोना देखिएन्

दैलेख, दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् ।आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला हुँदै नेपालगञ्ज पठाइएको थियो, रिपोर्टमा आमाबाबुको पोजेटिभ आए पनि बालकको भने नेगेटिभ आएको छ ।संङक्रमित दम्पतीलाई दैलेखको सरस्वती मावि तर्ताङमा निर्माण गरिएको आइसोलेसन अस्पतालमा राखिएको छ । १ वर्षे छोरा पनि बाबुआमाकै साथमा आइसोलेसनमा बसिरहेका छन् ।

दैलेखमा सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । सबै भारतबाट आएका व्यक्ति क्वारेन्टिनमा भएकै बेलामा स्वाब सङ्कलन गरिएकाले समुदायमा फैलिन नपाएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए ।कर्णालीका पहिलो सङ्क्रमित दैलेखको आठबीस नगरपालिकाका एक युवालाई सरस्वती माविमा निर्माण गरिएको आइसोलेसनमा राखिएको भन्दै चर्को विरोधपछि उनलाई कोरोना अस्पताल सुर्खेत लगिएको भए पनि एकैपटक धेरै सक्रमित देखिएपछि सबैलाई सरस्वती माविमै उपचारका लागि राखिएको छ ।तस्बिर : फाइल

Related Articles

Back to top button
Close