अन्तर्राष्ट्रिय समाचार

चीनको ऊहान ल्याबकी उप–निर्देशकको दिइन् चेतावनी,चमेरोमा कोरोनाभन्दा पनि खतरनाक भाइरस भेटियो, जुन फैलिन सक्छ’

एजेन्सी । चीनको ऊहानबाट सुरु भएको कोरोनाभाइरस अहिले विश्वव्यापी भएको छ । चीनले विस्तारै विश्राम लिँदै गर्दा संसारका अन्य मुलुकमा भने यसले तिव्र प्रभाव पारेको छ । यसरी विश्वलाई नै प्रभाव पारेको कोरोनाको श्रोतका बारेमा विश्वकै चिकित्सक र अनुसन्धानदाता लागेका छन् । उहानवाट सुरु भएको कोरोनाको श्रोत पत्ता लगायत उहानकै अनुसन्धानकर्ता सुरु देखि नै तल्लीन छ । चमेरोवाट कोरोना फैलिएको प्रारम्भिक अनुमान गरिएको भएपनि त्यो प्रमाणीत भने भएको छैन ।

यसैबीच चीनमा चमेरोमाथि अनुसन्धानका लागि चर्चित एक महिला भाइरोलोजिस्टले कोरोनाभाइरस त समस्याको एउटा पाटो बताउँदै वास्तविक समस्या त निकै ठूलो भएको बताएकी छिन् । उनले चमेरोवाट कोरोना फैलिएको अनुमान गरिएपछि चमेरोमा हुने सबै प्रकारका भाइरसका बारेमा अनुसन्धान सुरु गरेकी छन् ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्कसँग सोमबारको कुराकानीमा उनले चमेरोमा यस्ता थुप्रै भाइरस हुने जुन पुनः संसारभरी फैलन सक्ने बताएकी छिन् । त्यो कोरोना भन्दा पनि निकै खतरनाक हुने पनि चेतावनी दिएकी छन् । चीनको ब्याट वुमन नामबाट चर्चित ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीकी उप–निर्देशक शी झेंगलीले चमेरोजस्तो जनावरमा कोरोनाभन्दा निकै खतरनाक भाइरस उपलब्ध भएको बताएकी छिन् । आफुले अनुन्धानका क्रममा यस्तो देखेकाले खतरनाक भाइरसवाट बच्न मानिसले अहिले देखि नै तयारी थाल्नुपर्ने सुझाव दिएकी छन् । समय हुँदा नै यसबारे पत्ता नलगाए संसारले यस्तै खालका अन्य महामारीको पनि सामना गर्नुपर्ने उनले चेतावनी दिएकी छिन् । उनले कोरोनाभाइरससँग जुध्नका लागि संसार एक भएर काम गर्नुपर्ने बताएकी छिन् ।

झेंगलीले भाइरसबारे भइरहेको अनुसन्धानमा सरकार र वैज्ञानिकले पारदर्शी भूमिका अपनाउनुपर्ने बताएकी छिन् । चीनमाथि कोरोनाबारे समय हुँदा नै संसारलाई जानकारी नदिएको आरोप लागिरहेको छ । यसबारे स्पष्टिकरण दिँदै झेंगले भनिन्, ‘विज्ञानमाथि राजनीतिकरण दुःखद हो ।’ उनले चीनमाथि लगाइएको त्यस्तो आरोपको खण्डन गरेकी छन् ।

Related Articles

Back to top button
Close