समाचार

सकारात्मक कार्यहरु गर्ने अन्यायमा पर्नु भनेको न्याय क्षेत्रमाथि नै प्रश्न चिन्ह उठ्नु हो – धुर्मुस

काठमाडौं – कलाकार तथा अभियन्ता सीताराम कट्टेल धुर्मुसले चितवनमा मृ*त फेला परेका पत्रकार शालिकराम पुडासैनीको परिवारले न्याय पाउने गरी निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखेका छन् ।उनले सामाजिक सञ्जाल फेसबूकमा आफ्ना धारणा सार्वजनिक गर्दै सबैको आवाज निष्पक्ष छानबिन भएकोमा जोड दिएका छन् । ‘सबैको आवाज दो*षी नउम्कियोस्, निर्दोष न*फसोस् भन्ने नै हो,

पत्रकार स्व. शालिकराम पुडासैनीको आत्मह*त्यासँगै भ*ष्ट्राचार, अन्याय, ढिलासुस्ती र अनियमितताका वि*रुद्ध र दुःखी पीडितहरुको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व रवि लामिछाने दाइ अ*नुसन्धानका लागि पक्राउ परेपछि उत्पन्न परिस्थितिले हामी सबै दुःखी बनेको अवस्था हो,’ उनले भनेका छन् । कट्टेलले घ*टनालाई अ*तिरञ्जित नबनाई सत्यतथ्य रुपमा छिटो भन्दा छिटो सार्वजनिक गर्न पनि आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘आशा गरौँ, शालिकराम पुडासैनीको परिवारले समेत न्या*य पाउने वातावरण सिर्जना गर्न अ*नुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जीत हुनेछ ।’ पत्रकार शालिकराम पुडासैनी चितवनको कंगारु होटलमा झु*ण्डि एको अवस्थामा श*व फेला परेका थिए । उनले आ*त्मह*त्या गर्नु पूर्व रेकर्ड गरेको भनिएको भिडियोमा आ*रोप लगाएका छन् । भिडियो सार्वजनिक भए पछि प्रहरीले तीनै जनालाई अ*नुसन्धानका लागि भन्दै प*क्राउ गरेको थियो । उनीहरु माथि अ*नुसन्धान गर्न भन्दै अदालतले प्रहरीलाई दुईपटक गरेर १० दिनको समय उपलब्ध गराएको छ।

यस्तो छ कट्टेलको पूरा स्टाटस: अदालतले अ*नुसन्धानको लागि भन्दै ५ दिनको म्या*द थपेको अवस्थामा हामी सबैको एउटै आवाज हो, निष्पक्ष छानबिन । सबैको आवाज ‘दो*षि नउम्कियोस्, निर्दोष न*फसोस्’ भन्ने नै हो । पत्रकार स्व. शालिकराम पुडासैनीको आ*त्मह*त्या (पो*ष्टमार्टम रिपोर्ट अनुसार) संगै भ्रष्टाचार, अ*न्याय, ढिला सुस्ती र अनियमितताका वि*रुद्ध र दुःखी पीडितको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व रवि लामिछाने दाई अ*नुसन्धानका लागि पक्राउ परेपछि उत्पन्न परिस्थितीले हामी सबै दुःखी बनेको अवस्था हो ।

समाज परिवर्तनका लागि सकारात्मक कार्यहरु गर्ने कोही पनि अ*न्यायमा पर्नु भनेको न्याय क्षेत्रमाथी नै प्रश्नचिन्ह उठ्ने वातावरण बन्नु हो । आशा गरौं, शालिकराम पुडासैनीको परिवारले समेत न्याय पाउने वातावरण सिर्जना गर्न अ*नुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जित हुनेछ।साथै घ*टनालाई अतिरञ्जित नबनाई सत्यतथ्य छिटो भन्दा छिटो सार्बजनिक गर्नका लागि अ*नुसन्धानरत पक्षसँग अनुरोध गर्दछु ।

Related Articles

Back to top button
Close