भिडियो

प्रकाश सपुत भावुक हुँदै लेख्छन ‘सरकार यो जुनीमा म मान्छे मानिन्छु कि मानिन्न’(भिडियो हेर्नुहोस )

अन्र्तजातिय प्रेमका कारण जाजरकोटा २० वर्षिय दलित युवा र उनका अन्य दुई साथीको ह,त्या भएपछि लोकप्रिय लोक गायक प्रकाश सपुतले सरकारलाई यो जुनीमा आफु मान्छे मान्ने कि नमान्ने भनेर प्रश्न गरेका छन् । जातियता र प्रेमकै कारण मान्छे मा,रिनु लज्जास्पद रहेको गलबन्दी गायक सपुतको ठम्याइ छ ।

सपुत लेख्छन्–‘सरकार, खुकुरी उदाएर निस्किकै हो । जान्छु देशको सिमानामा र थापिन्छु । कि का,ट्छु कि का,टिन्छु भनेर । तर, रुकुम पुगेर रोकिएँ । सरकार, त्यहाँ त झन् कत्रो ठूलो पर्खाल रैछ नी । जातिय विभेदको, वर्गिय विभेदको ।’सपुतले यी पर्खालहरु भत्काउदा भत्काउदै देशको सिमानामा पुग्न ढिलो भयो भने म राष्ट्रवादी मानिन्छु कि मानिन्न भन्दै प्रश्न पनि गरेका छन् । सपुत लेख्छन्–‘म एक स्वाभिमानी नेपाली, यो जुनीमा मान्छे मानिन्छु कि मानिन्न ।’भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close