समाचार

वर्षा राउत फेरि वि’वादमा : अमेरिकाबाट नायिका जल शाहले फर्काइन् क’डा जवाफ

काठमाडौं ।नायिका वर्षा राउत फेरि आफ्नो अभिव्यक्तिका कारण वि’वादमा परेकी छन् । विवादमा परेपछि आफ्नो अभिव्यक्तिलाई सच्याउने क्रममा वर्षा फेरि वि’वादमा परेकी हुन् ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल भारतबीचको सम्बन्धमा बढेको चिसोपनाका कारण आफ्ना भारतीय फ्यान र कलाकारलाई आफूले के भन्ने र उनीहरुले मलाई के भन्लान् भन्ने वर्षाको अभिव्यक्ति विवाद परेको थियो । पछि आफ्नो अभिव्यक्तिलाई सच्याउँदै उनले क्ष’मा पनि मागिन् ।

यही बेला पत्रकार ऋषि धमलालाई दिने क्रममा उनले आफू देशलाई माया गर्ने भएकाले विदेश नगएको बताउँदै आफ्नो वि’वादित अभिव्यक्तिको बचाउ गरिन् । सोही क्रममा उनले भनिन्, ‘म देशलाई माया गर्छु त्यसैले म विदेशको पिआर लिएको छैन।’

उक्त अभिव्यक्तिले फेरि उनलाई वि’वादमा परेको छ । विदेशमा रहेका कलाकारहरुले देशको माया गर्न स्वदेशमै बस्नु नपर्ने, तर योगदान भने दिनु पर्ने तर्क गर्दै वर्षाको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै प्रतिवाद गरेका छन् ।

नायिका वर्षाको अभिव्यक्तिप्रति आपत्ति जनाउने कलाकार मध्येकी एक हुन् नायिका जल शाह । उनी हाल अमेरिकामा रहेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नायिका जल शाह लेख्छिन् –

आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नु पर्छ ? नेपालीहरू विश्वभर छरिएर बसेका छन् । केही मानिसको बोली अनुसार, म देशलाई माया गर्छु, त्यसैले म विदेशमा बसेको छैन यो कस्तो मानसिकता हो ?कत्तिको जायज छ? तर यदि तपाइँको देश प्रतिको कर्तव्य र योगदान हेर्ने हो भने त्यो त शून्य छ। नेपालमा बस्दैमा आफू मात्र इमान्दार ? कस्तो खोक्रो बोली छिन छिनमा बदलिँदै जाने ? नेपाली दाजुभाई, दिदिबहिनीहरू कोहीपनि आफ्नो देश र परिवारबाट टाढा हुन चाहन्नन् , संसारभर छरिएर उनीहरू आफ्नो शीप अनुसारको काम गरिरहेका छन्, आफÞनो परिवारको पेट पालिरहेका छन् ।

उनीहरूलाई, मलाईं जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमति चाहिन्छ र ? देशमा जुनसुकै विपत्ति आइपर्दा पनि विदेशमा बस्ने नेपालीहरू एक भएर अगाडि बढेका छन् ,सहयोगका लागी।नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा ? नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का ? नेपालीको पनि दुइवटा जात हुन्छ र ? के बाहिर वस्ने नेपाली , नेपाली नै होइनन् ? देशमा बसेर ठूलो ठूलो गफ हाकेर आफÞनो देशलाई ठग्न र नङ्ग्याउन हामीलाई त आउँदैन । हामीलाई आफ्नो देश रक्षाको लागी मर्न चाही पक्कै आउँछ । खोक्रो राष्ट्रवाद मु’र्दाबाद। जय देश ।

Related Articles

Back to top button
Close