समाचार

नवराजको सम्झनामा बेनिसाले कोरिन सुन्दर चित्र ( हेर्नुहोस् )

काठमाडौं / अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा भएको घटनाले अहिले सामाजिक सञ्जाल निकै तातेको छ । जाजकोटका २० बर्षिय युवा नवराज विश्वकर्माले उपल्लो जातिकी युवतीसँग प्रेम गरेका कारण गएको शनिवार आफ्नो ज्यान गुमाए।

नवराज दलित समुदायको र उनकी प्रेमिका ठकुरी जातिको भएकोले प्रेमिकाको परिवारले प्रेम सम्बन्धलाई अस्विकार गर्दै आएको थियो । प्रेमिकालाई लिन साथीहरु लिएर प्रेमिकाको गाउँतर्फ गएका नवराजले साथिहरुसँगै ज्यान गुमाए ।

उनीसँगै दुई साथीको पनि ज्यान गयो । अझै ३ साथी बेपत्ता छन् । अहिले यस घटनालाई लिएर सामाजिक सञ्जालमा विरोध भइरहेको छ । त्यस्तै बिभिन्न सेलिब्रेटीले पनि यसको बिरोध गर्दै आफ्नो अभिव्यक्ति दिएका छन्।

यस्तै अभिनेत्री बेनिशा हमालले पनि उक्त घटनालाई लिएर दुख व्यक्त गरेकी छिन् । उनले प्रेमकै कारण ज्यान गुमाएका नवराजको चित्र कोरेकी छिन् । उनले सामाजिक सञ्जालमा आफुले कोरेको चित्रको तस्बिर शेयर गर्दै लेखेकी छिन् – ‘जातिय बिभेदले अस्ताएको एक अनुहार ????’

Related Articles

Back to top button
Close