समाचार

यु द्धको तयारी थाल्न सेनालाई चिनियाँ राष्ट्रपति सिको निर्देशन

एजेन्सी, १४ जेठ । चीनका राष्ट्रपति सि जिन पिङले सेनालाई यु द्धको तयारी गर्न निर्देशन दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चिनियाँ राष्ट्रपति सिले देशको सम्प्रभुताको रक्षाका लागि सेनालाई तयारी अवस्थामा रहन हिजो निर्देशन दिनुभएको भारतीय जि टिभीले जनाएको छ ।

राष्ट्रपति सिले चीनमा जारी संसद बैठकका क्रममा पिपुल्स लिबरेसन आर्मी (पी एल ए) र पिपुल्स आम्र्ड पुलिस फोर्सका प्रतिनिधिहरुको पूर्ण बैठकमा यस्तो निर्देशन दिनुभएको हो ।

चीनकोसरकारी समाचार संस्था सिन्हवाले जनाएअनुसार खराब अवस्थाको कल्पना गर्दै त्यसबाट जोगिन तयारी र प्रशिक्षणलाई तीव्रता दिन राष्ट्रपति सिले निर्देशन दिनुभएको हो । भारतसँग सीमा जोडिएको क्षेत्रमा विगत २० दिनदेखि जारी गतिरोधका बेला राष्ट्रपति सिको यस्तो निर्देशनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Related Articles

Back to top button
Close