समाचार

‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू’ भन्दै देह’त्याग

काठमाडौँ / शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले नोट लेखेर दे’हत्याग गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट लेखेर देहत्या’ग गरेको प्रहरीले जानकारी दिएको हो ।

आफ्नै घरमा देह’त्याग गरेका तामाङको श’व सोमबार राति गुपचुपरूपमा ज’लाउन लाग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभारेको संयुक्त टोलीले निय’न्त्रणमा लिएको थियो । बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भन्नुभयो, “ज’लाउनै लाग्दा श’व हामीले नियन्त्र’णमा लिएर परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएका छौँ । घट’नाको थप अनुस’न्धान हँुदैछ ।”
भिडियो हेर्नुहोस


मृत’क तामाङ उनका आफ्नै जेठो भिनाजुको स्काभेटरको सहयोगीका रूपमा काम गर्ने गरेका थिए । परिवारमा चार भाइ छोरामध्ये उनी कान्छो हुन् । देह’त्याग गर्नुअघि उनले सोही कोेठाको पलङमा नोट राखेको भेटिएको प्रहरीले बताएको छ । घट’नाबारे थप अनुस’न्धान गर्दै गरेको प्रहरीले शव परीक्षणको रिपोर्ट आएपछि ‘घ’टनाको थप विवरण प्राप्त हुने जानकारी दिएको छ ।

त्यस्तै धनुषामा एक महिलालाई ट्र्याक्टरलाई ठ’क्कर दिँदा निधन भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनुषाको सबैला नगरपालिकामा गएराति ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको घ’टनास्थलमै निध’न भएको हो ।ठक्करबाट निध’न हुनेमा सबैला नगरपालिका–१२ रघुनाथपुर बस्ने ४२ वर्षीया सुमित्रादेवी साह तेली छन् । सबैला र रघुनाथपुरको बीचमा रहेको सशस्त्र बेसक्याम्प नजिक गएराति हुरीबतास आएको समयमा अनटेस्ट (नम्बर नभएको) ट्र्याक्टरले उनलाई ठ’क्कर दिएको थियो ।

साँझ आएको हावाहुरीबाट बच्नका लागि खेतबाट घरतर्फ फर्किँदै गर्दा अँध्यारोमा ट्र्याक्टरले ठ’क्कर दिएको र उनको घ’टनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्र्याक्टर र चालक सबैला नगरपालिका–१२ बरकुरबा बस्ने २२ वर्षीय शम्भु सदा प्रहरीको निय’न्त्रणमा रहेका छन् भने मृ’तक तेलीको श’व परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ ।

Related Articles

Back to top button
Close