समाचार

दशगजा मि’चेर बनाएको बाँध भारतले न’भत्काए नेपालले भ’त्काउछ : प्रजिअ घिमिरे

रौतहट । स्थानीयको प्रतिकारको कारण रो’किएको रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा दशगजा मि’चेर भारतले निर्माण गरेको बाँधको प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गरेको छ ।अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्का, सशस्त्र प्रहरी रौतहटका प्रमुख रविनराज कर्णजीत लगायतको उपस्थिति रहेको थियो ।भारतीय पक्षले पक्षले बारम्बार बाँ’ध निमार्ण कार्य रोक्ने भनेर सम्झौता गरेपनि नरोकेपनि स्थानीयवासीले गरेको प्र’तिकार पछि अहिले बाँध निर्माण कार्य रो’किएको छ ।

यसपटक पुनः गरिएको अनुगमनमा नेपाली सर्वेयरहरुले नाप्दाखेरी बाँध निर्माण गर्ने क्रममा भारतले केही ठाउँमा दशगजा मिचेको पाइएकाले सो मिचिएको भाग भ’त्काउन २४ घण्टाको समय दिएको प्रजिअ घिमिरेले बताउनुभयो ।यदि २४ घण्टाभित्र भारतीय पक्षले दशगजा मिचिएको स्थानको बाँ’ध न’भत्काए नेपाली पक्षले भ’त्काइदिने तयारी गरेको जानकारी पनि उहाँले दिनुभयो ।‘हामीले दशगजा मि’चेर बनाइएको बाँध ह’टाउन भारतीय पक्षलाई भनेका छौँ ’ उहाँले भन्नुभयो, ‘यदि भारतीय पक्षले अ’टेर गरे हामी आफै दशगजा मिचिएको स्थानको बाँध ह’टाउने छौँ ।’

सो स्थानमा भारतले बाँध निमार्णको लागि बोरामा वालुवा हा’लेर थुपारिरहेको छ । सो अनुगमनको क्रममा भारतीय पक्षका स्थानीय अधिकारीको पनि सहभागिता रहेको थियो ।यसअघि भारतीय पक्षले नेपाली पक्षसँग गरेको सम्झौता लत्याउँदै एकपक्षीय ढंगबाट बाँध निमार्ण कार्य जारी राखेपछि स्थानीयहरु सो कार्यको प्रतिकारमा उत्रिएका थिए ।स्थानीयको प्र’तिकार पछि भारतीय पक्षले बाँ’ध निर्माण कार्य भने अहिलेलाई रो’केको छ ।प्रतिकारमा उत्रिएका स्थानीयलाई सिमा सु’रक्षामा खटिएका सशस्त्र प्रहरी वलले पनि साथ दिएर भारतीय पक्षलाई एकतर्फी ढंगबाट निर्माण गर्न लागेको बाँधको कार्य रोक्न द’वाव दिएको थियो ।

भारतले लकडाउनको अवधिमा पनि निरन्तर बाँ’धको उचाइ बढाइरहेको छ भने बाँधको छेउमा बोरामा वालुवा हा’लेर वलियो हिसावमा बाँध निमार्ण गरिरहेको छ ।हालसम्म सो बाँधमा साविकको भन्दा पाँच फिट बढी अग्लो र वर्षाको पानीले नभत्कने गरी वलियो बनाइसकेको स्थानीयवासी बताउँछन् । सो बाँ’धको कारण वर्षाको पानीले निकास नपाउँदा वर्षेनी सो क्षेत्र डु’बानमा पर्ने गरेको छ ।

Related Articles

Back to top button
Close