समाचार

टिपरले लियो ड्यु’टीमा खटिएका प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती मगरको ज्यान

भक्तपुर — टिपरको ठ’क्करबाट ड्यु’टीमा ख’टिएका प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती मगरको मृ’त्यु भएको छ । मध्यपुर थिमि–४ नयाँथिमीमा सोमबार राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नम्बरको खाली टिपरले उनलाई ठ’क्कर दिएको हो ।पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा द’रबन्दी रहेका सई घर्तीमगर महानगरीय प्रहरी वृत्त थिमीमा कार्यरत थिए । ठ’क्करबाट स’ख्त घा’इते भएका घर्तीमगरलाई तत्काल मध्यपुर अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेर नर्भिक अस्पताल पुर्‍याइएकोमा राति नै मृ’त्यु भएको महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए ।

सईलाई ठ’क्कर दिने टिपरसँगै सोही दिशातर्फ आउँदै गरेको बा४ख ४३१८ नम्बरको मिनी टिपर ठो’क्किएर दु’र्घटना भएको प्रहरीले जनाएको छ । सईलाई ठ’क्कर दिएर फ’रार भएका टिपर चालक धादिङका राजेन्द्र प्याकुरेललाई कौशलटार र अर्को टिपरका चालक भक्तपुर नगरपालिका–३ का राकेश सैंजूलाई सल्लाघारीबाट नियन्त्रणमा लिइएको डीएसपी कँडेलले बताए ।४५ वर्षीय सई निमबहादुर घर्तीमगरको स्थायी घर दाङको रामपुर भएको डीएसपी कँडेलले जानकारी दिए ।कान्तिपुर

Related Articles

Back to top button
Close