समाचार

भीटेनले शेयर गरे शिल्पासँगको तस्बिर, फ्यानले भने– ‘शिल्पा तपाइँभन्दा बुढी देखिन्छिन्’

काठमाडौं, ५ भदौ । भीटेनका नामबाट चर्चित र्‍यापर समीर घिसिङले नायिका शिल्पा मास्केसँगको शेयर गरेको एक तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल भएको छ ।

पछिल्लो समय ‘यस्तै त हो नि ब्रो’ बजारमा ल्याएर चर्चा कमाएका भीटेनले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा फ्यानले जोडी सुहाएको भन्दै प्रतिक्रिया दिएका छन् ।

बेलाबेलामा समीर र शिल्पा प्रेममा भएको चर्चा चल्ने गरे पनि यस बारेमा उनीहरुले मुख खोलेका छैनन् । शिल्पा मास्के अभिनित फिल्म ‘सानो मन’ को प्रिमियरमा पनि भीटेन पुगेका थिए । भीटेन र शिल्पा मास्के प्रिमियरका क्रममा पनि एकसाथ देखिएका थिए ।

समीरले इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा कतिपयले भने नकारात्मक कमेन्ट पनि गरेका छन् । यसै क्रममा एक फ्यानले लेखेकी छिन्, ‘उनी तपाईंभन्दा बूढी देखिन्छिन् ।’

यस्तै एक प्रयोगकर्ताले कमेन्ट गरेकी छिन्, ‘डाहा त लाग्यो तर जोडी सुहाएको छ है !’ अर्का एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘जोडी सुहाएको छ ।’

Related Articles

Back to top button
Close