समाचार

सेनाका दुई जनासहित पाँच जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७०६ पुग्यो

काठमाडौं। बारामा नेपाली सेनाका दुई जनासहित पाँच जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। संक्रमित सेनाका दुई जना क्वारेन्टिनको सुरक्षार्थमा खटिएका र बाँकी तीन जना भारतबाट आएका स्थानीय रहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवलकिशोर यादबले बताए।

बाँकी तीन जनामध्ये दुई जना वडा नम्बर १ का पुरूष र अर्का वडा नम्बर ३ का पुरूष हुन्। उनीहरू गत वैशाख ३१ गते भारतबाट आएका थिए। सबै संक्रमितलाई कलैयास्थित जिल्ला अस्पतालमा पठाउने तयारी गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ६ पुगेको छ।

आजै बिहान सुर्खेतका १२ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो।

Related Articles

Back to top button
Close