समाचार

टिपरको ठक्करबाट ड्युटीमा खटिएका २ प्रहरीको मृ’त्यु

गएराति काठमाडौँबाट तीव्र गतिमा आएका दुई टिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ शङ्खधर चोकस्थित ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकको निधन भएको छ ।

आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रही महानगरीय प्रहरी वृत्त थिमिमा कार्यरत प्रहरी नायब निरीक्षक ४५ वर्षीय निमबहादुर घर्तीको आज बिहान निधन भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

राति काठमाडौँबाट तीव्रगतिमा भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नंको खाली टिपर र सोही टिपरको पछि–पछि आउँदै गरेको बा४ख ४३१८ नंको टिपरले थिमिचोकमा सडकको रेलिङ भाँ’च्दै ड्युटीमा खटिएका दाङ रामपुर स्थायी घर भएका प्रनानि घर्तीमगरलाई ठक्कर दिएको उहाँले जानकारी दिनुभयो ।

टिपरको ठक्करबाट गम्भीर घाइते घर्तीमगरलाई तत्काल मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको थियो ।

ठक्कर दिएर फरार भएका टिपर चालक धादिङ थाक्रे गाउँपालिका–८ बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेललाई कौशलटारबाट र अर्का टिपरका चालक भक्तपुर नगरपालिका–३ का ४५ वर्षीय राकेश सैंजूलाई सल्लाघारीबाट प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ गिरीले जानकारी दिनुभयो । अनुसन्धानमा टिपर चालक सैंजूले मा’द’क प’दा’र्थ से’व’न गरेको र दुवै चालकको लापरवाहीका कारण दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका प्रहरीको निधन

पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा निधन भएको हो ।

लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न बस्नेत एक स्थानीयको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थिए । राँके बजारको चामु होटल छेउमा बस्नेत सवार मे ११ प ४६६ नम्बरको मोटरसाइकल र झापाको विर्तामोडबाट फिदिम आइरहेको मे १ ख १८६३ नम्बरको ट्रक आइतबार दिउँसो ठोक्किँदा बस्नेत गम्भीर घाइते भई ढलेका थिए ।

उपचारका लागि जिल्ला अस्पताल इलाम पु¥याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिनुभयो । प्रहरी हवल्दार बस्नेत चिलिङ्दिन प्रहरी चौकी राँकेमा कार्यरत थिए । दुर्घटनामा ठक्कर दिने ट्रकका चालक कमल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close