समाचार

कोरोना नियन्त्रणमा ल्याएका मुलुकमा हुनेछ झन यस्तो ठूलो खतरा, डब्लुएचओले दियो चेतावनी

काठमाडौं, १३ जेठ । पहिलो चरणको कोरोनाको महामारी नसकिदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोरोनाको दोस्रो चरणका विषयमा यस्तो चेतावनी दिएको छ । चीनवाट सुरु भएको कोरोना अहिले विश्वव्यापी भएको छ । चीनमा अहिले कोरोना नियन्त्रणमा आएको छ ।

तर विश्वस्वास्थ्य संगठनले अहिले कोरोना कम हुँदै गएको मुलुकका लागि अर्को चेतावनी दिएको छ । डब्लुएचओले जुन देशमा अहिले कोरोना संक्रमण कम हुँदै गइरहेको छ, तिनमा तुरुन्त लकडाउनलगायत प्रतिबन्ध हटाइयो भने यो महामारी अझ दोब्बर मात्रामा फर्किन सक्ने चेतावनी दिएको हो ।

चीन लगायतका केही मुलुकमा लामो समयको लकडाउन पछि अहिले जनजिवन सामान्य हुँदै गएको छ । डब्ल्यूएचओका आपतकालीन प्रमुख डाक्टर माइक रायनले केही देशमा अहिले कोरोना संक्रमणको पहिलो लहर नै चलिरहेको उल्लेख गर्दै जुन मुलुकमा संक्रमण केही कम हुँदै गएको देखिएको छ, त्यसलाई फेरी प्रभाव पार्ने र दोस्रो चरणको महामारी थप जटिल हुने चेतावनी दिएको छ । त्यस्ता मुलुकले हेलचक्रयाइँ गरे यो वर्षको अन्त्यमा पुनः दोब्बर मात्रामा यो महामारी फर्किन सक्ने खतरा रहेको संगठनले जनाएको छ ।

उनले भनेका छन्, ‘अहिले केही देशमा संक्रमण कम हुँदै गएको छ, तर अझै मध्य र दक्षिण अमेरिका, अफ्रिका र दक्षिण एसियामा यो बढ्दै गएको छ।’

महामारी विभिन्न रूपमा धेरैपटक आउने र यसको अर्थ पहिलो लहर महामारी भइसकेका देशमा दोस्रो लहर अझ भयानक भएर आउने सक्ने डब्लुएचओको चेतावनी छ । संगठनले पहिलो चरणको महामारी नियन्त्रण गरेका मुलुकले थप सजगता अपनाउनुपर्ने सुझाव दिएको छ ।

उत्तरी अमेरिका र युरोपका देशले कोरोना संक्रमण रोकथामका लागि भएका कदम जारी राख्नुपर्नेछ, जसले संक्रमणको दोस्रो लहर आउने जोखिम कम गर्न सकिनेछ।
युरोपका धेरै देश तथा र अमेरिकाका धेरै प्रान्तले लकडाउन हटाउन थालेपछि डब्लूएचओबाट यस्तो चेतावनी आएको हो। बीबीसी

Related Articles

Back to top button
Close