अन्तर्राष्ट्रिय समाचार

भारतमा रहेका आफ्ना सबै नागरिक स्वदेश फिर्ता लैजाने चीनको घोषणा

एजेन्सी । विश्वव्यापी फैलिएको कोरोनाले नेपालको छिमेकी मुलुक भारतमा तिव्र प्रभाव पारिरहेको छ । नेपालकै अर्को छिमेकी मुलुक चीनवाट सुरु भएको कोरोना विश्वव्यापी भएको हो । अमेरिका लगायत युरोपियन मुलुक पनि अहिले कोरोनाको चपेटामा छन् । भारतमा दिनहुँ हजारौं नागरिक कोरोना संक्रमित भएका छन् । भारतमा दिनहुँ कोरोना संक्रमित बढ्दै जान थालेपछि भारतमा रहेका आफ्ना नागरिकको सुरक्षामा चीनले चासो देखाएको छ । चीन सरकारले भारतमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता लाने भएको छ । कोरोनावाट आफ्ना नागरिकलाई सुरक्षित राख्न चीनले यस्तो निर्णय गरेको हो ।

भारतको नयाँदिल्ली स्थित चिनियाँ दुतावासले सोमबार एक बिज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको छ । भारतमा विभिन्न कारणले अड्किएर बसेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लाने दुतावासले जनाएको हो । दुतावासले उक्त सुचना वेबसाइटमा समेत राखेको छ ।

भारतमा रहेका चिनिया नागरिकको बारेमा अहिले डाटा संकलनको काम सुरु भएको छ । भारतमा कतिका संख्यामा चिनियाँ रहेका छन् भन्ने यकिन तथ्याङ्क नभएका कारण चीनले त्यसको तयारी थालेको हो । दुतावासले आफ्नो मुलुक जान चाहने नागरिकलाई आगामी मे २७ सम्ममा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसपछि चीन सरकारले हवाइ उडान मार्फत स्वदेश लाने जारी बिज्ञप्तिमा जनाइएको छ ।

यसअघि चीनमा कोरोनाको महामारी फैलिएका बेला भारतले पनि आफ्ना ७ सय नागरिकलाई विशेष उडानमार्फत स्वदेश फिर्ता लगेको थियो । जारी बिज्ञप्तिमा स्वदेश फर्किएका नागरिकले १४ दिन क्वारेन्टाइ बस्नुपर्ने र हवाइ टिकटसमेत आँफै वेहोर्नुपर्ने जनाइएको छ ।

Related Articles

Back to top button
Close