समाचार

जसले आफ्नो निजी गाडीलाई ‘ एम्बुलेन्स’ बनाएर बिरामी बोक्थे, उनैलाई देखियो कोरोना

काठमाडौं। सोमबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक जना ३५ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाका मयेर उद्धव प्रसाद खरेलका अनुसार उनी आफ्नो निजी गाडीमा अप्ठ्यारोमा परेका व्यक्तिहरूलाई अस्पताल पुर्याउने काम गर्थे।

‘उहाँ समाजसेवी हुनुहुन्छ। धेरै पटक बिरामी परेकाहरूलाई आफ्नै निजी गाडीमा अस्पताल पुर्याउनु भयो तर आज उहाँलाई नै संक्रमण देखियो,’ मेयर खरेलले दुःख व्यक्त गर्दै भने। अहिले संक्रमितसँग सम्पर्कमा आएकाहरूको विवरण लिने काम भइहेको छ।

नगरपालिकाले उनीसँगै ९० जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेको थियो। जसमा ४४ जनाको रिपोर्ट आउँदा एक जनाको पोजेटिभ देखिएको हो। उनीसँगै सोमबार ७२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।

Related Articles

Back to top button
Close