समाचार

इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीलाई भारतले गर्यो उद्धार

काठमाडौं । इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीलाई भारतले उद्धार गरेको छ । रत्ननगर–९ चितवनकी शेभिका ढकाललाई भारतले उद्धार गरेको हो ।भारतले इन्डोनेसियामा रहेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा ढकाललाई पनि उद्धार गरेको हो ।ट्वीटरमा पोष्ट गरिएको एक भिडियोमा ढकालले आफू भारतको महाऋषि मार्कण्डेय विश्वविद्यालय हरियाणामा बीबीए अध्ययन गर्न आएको र इन्डोनेसियाको विश्वविद्यालयसँग आफूले पढिरहेको विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान कार्यक्रम भएअनुसार आफू इन्डोनेसिया आएको बताएकी छन् ।

उनले आफूलाई उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको र नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेकाले आफू इन्डोनेसियाबाट फर्किन पाएको बताएकी छन् ।उनले आफ्नो उद्धार गरिदिएको भन्दै नेपाल र भारत दुवै सरकारलाई धन्यवाद दिएकी छन् ।यो कुरा इन्डोनेसियास्थित भारतीय दूतावासले ट्वीट गरेर जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close