समाचार

आज टोखामा कोरोना पुष्टि भएका १ व्यक्ति किराना पसले !

काठमाडौं, काठमाडौंको टोखा नगरपालिकामा किराना पसलेमा कोरोना संक्रमण पुष्टि भएको छ। ४१ वर्षीय पुरुषले महिना दिनअघि मात्र किराना पसल किनेर व्यापार थालेका थिए। टोखा नगरपालिकाले ‍कोरोना परीक्षणको दायरा बढाउने क्रममा किराना पसले र मे’डिकल सञ्चालकको कोरोना परीक्षण गरेको थियो। टोखा नगरपालिका- ३ का अध्यक्ष महेश्वर केसीले किराना पसलेमा संक्रमण देखिएको पुष्टि गरे। ती व्यक्तिको र्‍या’पिड टेस्ट पनि पोजेटिभ आएको थियो। र्‍यापिडमा पोजेटिभ देखिएपछि उनी घरमै होम क्वारेन्टिनमा बसेका थिए।

टोखाकै वडा नं ६ मा पनि संक्रमण भेटिएको छ। संक्रमित व्यक्ति धुलिखेलमा मृ’त्यु भएकी सु’त्केरी महिलाको सम्पर्कमा आएको व्यक्ति भएको वडा अध्यक्ष सिंहराज श्रेष्ठले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार अध्यावधिक गरेको विवरण अनुसार रौतहट, बारा, काठमाडौं, कपिलवस्तु, दैलेखलगायतका जिल्लामा संक्रमित थपिएका हुन् ।

Related Articles

Back to top button
Close