Saturday, April 4

भोलि इटाली, स्पेनको जस्तो ला’स उठाउनु भन्दा आज लठ्ठी उठाउनु नै ठीक : मेयर फागो

March 27, 2020 900

काठमाडौं, १३ चैत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि सरकारले एक साताका लागि ‘लकडाउन’ गरेको छ । आज लक डाउनको तेस्रो दिन । लकडाउन गरेकाे पहिलाे दिन मंगलबार र दोस्रो दिन बुधबार भन्दा आज थप सुनसान बनेको छ । सरकारले घोषणा गरेको लकडाउनलाई अवज्ञा गर्दै सडकमा निस्किने वि’रुद्ध प्रहरी कडाइका साथ प्रस्तुत भइरहेका छन् ।देशका विभिन्न भागमा सरकारको निर्णय कार्यान्वयन गराउन प्रहरीको टोली खटिरहेको छ । केही स्थानमा प्रहरीसँगै सशस्त्र प्रहरी र नगर प्रहरी पनि परिचालित भइ रहेको छ ।

लकडाउनकाे अवज्ञ गर्दै सवारी साधन चलाउनेलाई प्रहरीले नियन्त्रणमा गर्दै आएकाे छ । कतिपय ठाउँमा भने लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले लठ्ठी हानेको, उठबस गराएको, मुर्गा बनाएको भिडियाेहरू सामाजिक सञ्जालमा चर्चित छन् ।आज लकडाउनको तेस्रो सामाजिक सञ्जालमा अर्काे भिडियाे भा’इरल बनेकाे छ । भिडियाे हाे, उर्लाबारी नगरपालिकाकाे । याे भन्दा अगाडी पनि सुनसरीको इटहरी उपमहानर गपालिका एउटा भिडियाे भाइरल बनेकाे थियाे। उक्त भिडियाेमा एक साइकल यात्रुलाई प्रहरीले लठ्ठी हानेको थियो ।दाेस्राे भाइरल भिडियाेमा सडकको बीचमा केही सवारी साधानहरु रोकिराखेको देखिन्छ ।

त्यहाँ केही सुरक्षाकर्मी र गार्ड जस्ता देखिने मानिस लौरौ नै लिएर उभिरहेका छन् । सुरक्षाकर्मी बाहेक मुखमा मास्क, क्याप र जिन्सको पाइन्ट लगाएर एक पुरुष पनि छन्। उनले हात तेर्साउँदै भन्छन्- ‘ए त्यो डण्ठा ले ले, छिटो ले ।’ लोरौ हात पर्ने साथ बाइ कमा भएकाहरुलाई खेदाउन थाल्छन् । सडकमा निस्कनेहरुलाई ‘घर जानु घर’, ‘हिड्नु हुँदैन भन्ने थाहा छैना ?’ भन्दै उनी हातमा ल’ठ्ठी लिएर डुलिरहेका छन् ।त्यसरी लठ्ठीले हिर्काउँदै हिँड्ने व्यक्ति हुन्- मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागो ।

सरकारले गरेको लकडाउनको अवज्ञ गरेपछि मेयर आफै सडमा उत्रिएका हुन् । जनताले सुरक्षकर्मीलाई नटेरेपछि आफू सडकमा उत्रिनु परेको मेयर फागोले बताए । न्यूज २४ नेपालसँग कुराकानिमा उनले भनेका छन्- ‘सुरक्षकर्मीहरुलाई टेर्ने अवस्था भइदिन, त्यहि भएर लठ्ठी उठाउनु पर्याे ।’अहिले चाहिँ पूर्ण रुपमा लक डाउनको पालाना भएको पनि उनले बताए । ‘मेयरले नै लठ्ठी हान्नु पर्ने अवस्था थियाे र ?’ भन्ने प्रश्नमा उनले भने,’ ल’ठ्ठी हा’नुपर्ने अवस्था नै आयो, अहिले मेयरले कु’ट्नु नुहने भनेर प्रश्न आउछ, मेरो पनि बालबच्चा, छोरा छोरी छन्, मलाई पनि त घरभित्रै बस्न मन छ ।

तर एकजनाले गर्दा एक/दुई जनाले गर्दा भोलि समाजलाई नै अप्ठ्यारोमा पर्नु भएन ।’मेरय पनि देशकाे एउटा नागरिक भएकाे भन्दै उनले भने, ‘मेयर भनेको चाहिँ को हो ? देशको एउटा नागरिक न हो । मेयर भनेको खुट्टा हाल्लाउँदै कुर्चिमा बस्ने। पेट ठूलो पार्नका लागि मिठो-मिठाे खाँदै बस्ने हाेइन ।’ एक/दुई जनाले गर्दा भोलि इटाली, स्पेन मा जस्ताे अवस्था नआउला भन्न नसकिने उनले बताए । ‘इटाली, स्पेनमा पनि वेवास्ता गर्नाले अहिले त्यस्तो हालत भएको हाे । दिनहुँ ७ सय/८ सय म’रि’रहेका छन् , अहिले गाड्ने ठाउँ पनि छैनन् ।

हामीले पनि वेवस्ता गर्यौ भने त्यस्तै अवस्था नआउला भन्न सकिन्न । उनले सुरुमा सम्झाएको तर नमानेको उनले बताए । हामीले सोधेका छौँ, खाद्यान्यको लागि हो ? बिरामी हुनुहुन्छ ? अति आवश्यक काम छ ? भनेर तर हाेइन भन्दै सडकमा निस्कन्छन्, उनले भने, ‘ भोलिको दिनमा इटाली, स्पेनमा जस्तो ला’स उठाउनु भन्दा हुनुभन्दा ड’ण्ठा हा’न्दा नै वेस हुन्छ,’ उनले भने । न्यूज २४ नेपालवाट साभार

Loading...

प्रतिकृया दिनुहोस्