Sunday, April 5

कोरोनाको त्रा’स बढेको बेला यौ’न सम्पर्क र चुम्बन कति सुरक्षित ? यस्तो छ डाक्टरको सुझाव

March 26, 2020 899

एजेन्सी । कोरोना भा’इरस मानिसको कपालको टुप्पाको भन्दा लगभग ९ सय गुण सानो जीवाणु हो । त्यसैले स्वास्थ्य सर्तकतामा सानो चुक गरे पनि कोरोनाको सं’क्रमण हुने जो’खिम उच्च रहन्छ । चिकित्सकका अनुसार कोरोनाको सं’क्रमण फैलने कारणहरु धेरै प्रकारका हुने गरेका छन् ।

ती मध्ये प्रमुख कारण यी हुन् :

१. चिकित्सकका अनुसार कोरोना सं’क्रमितको सम्पर्कमा जाने वा नजिक हुने ब्यक्तिमा कोरोना सर्ने जो’खिम हुन्छ । तर सं’क्रमित भन्दा एक मिटर टाढा रहने मानिस वा अरुले खोक्दा, हाच्छ्यु गर्दा वा थुकको छिटा नपर्ने गरी टाढा बसिएको छ भने कोरोना सर्दैन ।

२. बारम्बार आफ्नो अनुहारमा हातमा लैजाने मानिसमा पनि कोरोनाको सं’क्रमण हुने ख’तरा उच्च हुन्छ ।

३. रो’गप्रतिरोधात्मक शक्ति क’मजोर भएका मानिसमा पनि कोरोना भाइ’रसको सं’क्रमण हुने ख’तरा हुन्छ । साथै वृद्ध उमेर भएका वा रो’गले ग्र’सितमा पनि यो रो’ग सर्ने संभावना हुन्छ ।

४. बस, ट्याक्सि, इरिक्सा लगायतका सार्वजनिक सवारी वा अन्य स्थलबाट कोरोना भा’इरस सर्ने खत’रा उच्च हुन्छ । त्यसैले यस प्रकारको स्थल वा साधनमा यात्रा नगर्नु र सकेसम्म घरभित्रै बस्नु उत्तम हुन्छ ।

५. मन्दिर, पार्टि प्यालेस, कपाल काट्ने स्थल, होटल, सिनेमाघर लगायतका क्षेत्रमा जादाँ पनि कोरोना सर्ने संभावना हुन्छ ।

६. कुनै पनि सं’क्रमित मानिसले छोएको वा खोक्दा, हाच्छ्यु गर्दा थुक लागेको सतह छोएमा पनि कोरोनाको सं’क्रमण हुने जो’खिम उच्च रहन्छ ।

७. विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भा’इरस सेक्सुअल ट्रान्समिटेड रो’ग होइन । तसर्थ यौ’नसम्पर्क गर्दैमा यो रो’ग सर्छ भन्ने हुदैन । तर सं’क्रमित ब्यक्तिसंग चुम्बन गरेमा कोरोना स’र्ने संभावना उच्च रहन्छ । लाइफव्यारीबाट

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...

प्रतिकृया दिनुहोस्