Sunday, April 5

लकडाउनमा दूध किन्न निस्केका युवाको प्रहरीको लाठीचार्जबाट मृत्यु, परिवारमा रुवाबासि

March 26, 2020 11416

काठमाडौ, चैत १३ – विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार संसारभरि चार लाख ७१ हजार ३११ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

भारतको पश्चिम बङ्गालमा हालै एक युवाको ज्यान गएको छ । लकडाउनको बेला दूध किन्न निस्केका उक्त युवाको प्रहरीको लाठीचार्जबाट मृत्यु भएको हो । ३२ वर्षीय युवक र दुध किन्न घर बाहिर निस्केको बेला प्रहरीले सडकको भीड हटाउने क्रममा लाठीचार्ज गरेको भारतिय संचार माध्यमले जनाएको छ ।

लाल स्वामी नाम गरेका व्यक्तिलाई लाठीचार्ज गरेर ज्यान लिएको परिवारको दाबि रहेको छ । प्रहरीको लाठीचार्जबाट घाइते भएका स्वामीलाई स्थानीय अस्पतालले मृत घोषित गरेको हो । तर प्रहरीको भनाइका उनको मृत्यु कुटाईबाट नभई मुटु सम्बन्धी रोगबाट भएको बताएका छन् । भारतमा अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । भारतमा रेर सेवा पनि बन्द भएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्