Thursday, April 2

इटाली पछि स्पेनमा फैलियो कोरना भाइरस, कोरोनाका कारण स्पेनमा एकै दिन ७३८ जनाको निधन

March 25, 2020 1243

नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण स्पेनमा एकै दिनमा ७३८ जनाकोनिधन भएको छ । हालसम्म ३४३४ जनाको निधन भएको स्पेनको स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको छ । निधन हुनेको संख्या २७ प्रतिशतले वृद्धि भएको छ। यो हालसम्मकै उच्च दर हो।

कोरोना भाइरसको उद्भव मानिएको र महामारी फैलिसकेको चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ३२ सय ८१ जनाको निधन भएको छ ।स्पेनमा ४७ हजार ६ सय १० जना संक्रमित भएका छन् । थप ५५ सय ५२ मा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ४८ हजार नजिक पुगेको हो ।

उपचारारत २६ सय भन्दा बढीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।मृ’तकका संख्याका आधारमा अब सबैभन्दा बढी प्रभावित हुने देशहरुमा क्रमश इटाली, स्पेन, चीन, इरान, फ्रान्स र अमेरिका छन् ।

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको निधन भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा १ लाख ९ हजार १०२ जना उपचारपछि घर फर्किएका छन् भने दुई लाख ९४ हजार ८२० व्यक्ति हाल उपचारारत छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ देशमा देखा परिसकेको छ ।

Loading...

प्रतिकृया दिनुहोस्