समाचार

सास फेर्न गार्हाे भएपछि अस्पताल लागेका बि’रामीको भरतपुर अस्पतालको आइसाेलेसनमा मृ’त्यु

चितवन । भरतपुर अस्पतालको आइसाेलेसन कक्षमा शं’कास्पद एक पुरुषकाे ज्यान गएकाे छ ।रामग्राम- ७, नवलपरासीका ४८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृ’त्यु भएकाे अस्पताल श्राेतले जानकारी दिएकाे छ । श्राेतका अनुसार उक्त पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर रे’फर गरेकाे बुझिन्छ ।राती साढे १२ बजे अस्पताल आएका पुरुषलाई आइसाेलेसन कक्षमा राखेर उपचार गराइएकाे थियाे । २ दिन पहिले खाना खाएपछि बा’न्ता भएकाे र लगत्तै सास फे’र्न गा’र्हाे भएपछि बि’रामी लुम्बिनी अस्पताल पुगेका थिए ।

‘ल्याउँदा नै निकै सिरियस अबस्था थियो, अस्पतालमा ल्याएर सम्भव भएका सबै प्रयास गर्‍यौं तर ब’चाउन सकिएन’ अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले भने ।बि’रामीमा कोरोना संक्रमण परीक्षण भने गरिएको छैन । केहीबरेमा स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको श’व आईसीयूमा नै रहेको छ ।

Related Articles

Back to top button
Close