समाचार

कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई १ करोड ४५ लाख रुपैया नेपाल बंगलादेश बैँकको सहयोग

काठमाडौं, ११ जेठ । नेपाल बंगलादेश बैँकले केन्द्रीय सरकार र संघीय प्रदेश सरकारको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा १ करोड ४५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

सोही बमोजिम आइतबार (आज) नेपाल बंगलादेश बैँकले सरकार उक्त कोषमा १ करोड १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बीडारीलाई हस्तान्तरण गरेका हुन् ।

यसका साथै बैंकले देशका सातै वटा प्रदेशका कोरोना नियन्त्रण कोषमा ५/५ लाख रुपैयाँ हस्तान्तरण गरिसकेको जानकारी पनि गराएको छ ।

यसैबीच बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ

Related Articles

Back to top button
Close