भिडियो

आँचल र उदिपले अन्तर्वार्तामा पल शाहको यसरी तारिफ गरे ( भिडियो हेर्नुहोस् )

काठमाडौं / भर्खरै नायिका आँचलसंग विवाह गरेका डा उदिप श्रेष्ठले अरुले आफुहरुका बारेमा जे भनेपनि केही फरक नपर्ने बताएका छन् । उनले मिडियामा आफुहरुका बारेमा आएका विभिन्न कुराहरुका बारेमा आफुहरु जानकार भएपनि त्यसले केही फरक नपार्ने बताएका छन् । उनले एउटा टेलिभिजनमा दिएको अन्तरवार्ताका क्रममा उनले त्यस्तो प्रतिकृया दिएका हुन् । हामी दुई जनाबीचमा समस्या भए त्यसले प्रभाव पार्ने हो, अरुले निम्त्याएको कन्ट्रोभर्सीले के फरक पार्छ र ? उनले भने, हामी विचको सम्बन्ध झन गाढा भइरहेको छ ।

आँचलले आफुहरुको समबन्धका विषयमा भएको कुराकानी सानो विषय भएको बताउँदै, आफुहरुलाई लकडाउनका कारण विदेशमा अलपत्र परेका नेपालीको पीडाले आफुहरुलाई दुखी बनाएको बताएकी छन् । उनले आफ्नो बारेमा लकडाउनका समयमा निकालेको त्यस्तो विगतका कुराले त्यसरी लेख्नेहरुलाई दया लाग्ने बताइन् । एउटा टेलिभिजनमा आफ्ना श्रीमानसंग आएकी आँचलले विवाह पछि यसरी अरु नायीकाहरुको बारेमा भने आएको आफुलाई थाहा नभएको बताइन् ।

भर्खरै विवाह भएर गएकी मलाई लकडाउनको समयमा परिवारकै सदस्यसंग समय विताइरहेको बेलामा यसरी प्रहार गर्नु यातना भएको बताइन्, उनले भनिन्, यस्तो यातना किन दिएको होला, त्यसले हामीलाई निकै अचम्म लाग्यो । यता उदिपले आफ्ना बारेमा आफ्ना साथी र आँचललाई सबैकुरा थाहा भएका कारण वाहिर आएका विषयले कुने प्रभाव नपारेको बताए । उनले भने, आँचल, मेरो परिवार र साथीहरुले म कस्तो छु भन्ने थाहा छ, अरुले त्यसरी लेख्दा मलाई केही फरक पर्दैन ।

विवाह पछि आफुहरुको कहिल्यै ठाकठुक पनि नपरेको बताएकी आँचलले भनिन्, हेलो मिडिया हेर्नुस् हामी संगै छौं, किन आँचलको डिभोर्ष भनेर लेख्नुहुन्छ ? उनले त्यस्ता विषयले आफुहरुको सम्बन्ध झन गाढा भएको बताइन् । उनले आफु कसैको विषयलाई टेकु नगएको पनि स्पष्ट पारेकी छन् ।

उनले भनिन्, लकडाउनका कारण अहिले टेकु जान सक्दिन तर मैले कुन मिडिया दर्ता छ कुन छैन भन्ने कुरा मैले सबै अनुसन्धान गरिसकेकी छु । लकडाउन पछि भने यो विषय लिएर अवश्य जान्छु । उनले कहिले काँही भने आफुलाई किन यस्तो फिल्डमा लागेछु भन्ने लाग्छ । तर उदिपले भने त्यस्ता कुराले केही फरक नपार्ने बताउँछन् ।

Related Articles

Back to top button
Close