भिडियो

पिडितलाइ सहयोग गर्न जाँदा भाग्य न्यौपाने परे मोटरसाइकल दुर्घटनामा, अस्पतालमा उपचार हुँदै (भिडियो)

काठमाडौँ । चर्चित युटुवर भाग्य न्यौपाने मोटरसाईकल दुर्घटनामा परेका छन् । सामाजिक काम सहयोगार्थ सहयोगको लागि जाने क्रममा आफु दुर्घटनामा परेको उनले सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् । उनको स्वास्थ्य अबस्था अहिले सामान्य रहेको छ भने उनी खतरामुक्त भएका छन् ।

उनले सामाजिक सन्जालमा दुर्घटनाबारे जानकारी गराउदैं भनेका छन्, मेरो लागि आज दु:खद दिन, सेवा गर्न जादा यस्तो भयो । काठमाडौ बाहिरका २ जना बिमारीहरुले हस्पिटलमा उपचार गर्ने पैसा नभएपछि मलाई धेरै पटक कल गर्नुभयो,पैसा को अभावमा उपचार रोकिएको कुरा सुनेपछि.. म उहाँहरुलाई पैसा पठाइदिन बैंक जाने क्रममा आज मेरो दुर्घटना भयो र आज मैले २ बर्ष देखि चलाउदै आएको मोटरसाइकलमा अघाडिको ब्रेक लक भएसी यस्तो हुन पुग्यो ।

हातमा, खुट्टा र कम्मरमा घाउ असर देखिएको छ । सके भोलि नत्र कुनै न कुनै तरिकाले म उत्त बिमारिहरुलाई पैसा पठाएर उहाँहरुको रोकिएको उपचारको लागि सहयोग गर्नेछु । X- Ray रिपोर्ट ले भित्री तेस्तो कुनै ठूलो असर देखाएको छैन ।

Related Articles

Back to top button
Close