Sunday, April 5

कोरोनासँग लड्न नेपाललाई चीनको साथ, नेपाल आफूलाई एक्लो नठान्‍नु भन्दै पठायो यस्तो सन्देश

March 24, 2020 941

काठमाडौं । अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान शहर हो । यसको संक्रमणले नेपाललाई समस्यामा पार्न लागिरहेको । यो अवस्थामा चीनले सहयोग गर्न तयार रहेको प्रतिवद्धता फेरि दोहोर्याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको बलियो साथ रहेको बताएकी छिन् ।

सरकारले नेपाललाई एक साताका लागि लकडाउनमा लाने कदम चालेलगत्तै चीनको यस्तो भनाइ आएको हो । उनले भनेकी छिन् , ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हामी नेपालका साथीहरुलाई सहयोग पुर्याउन तत्पर छौं । चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउँदैछौं, हामी साथमा छौं ।’


यो सँगै उनले कोरोना भाइरससँग जुधिरहेको नेपालले एक्लो महसुस गर्नु नपर्ने पनि बताएकी छन् ।उनले नेपाली भाषामा पनि ट्वीट गरेकी छिन् । यो भनदा पहिले पनि उनले नेपालीमा ट्वीटहरु गर्दै आएकी छिन् । यस भन्दा पहिले चीनका अर्बपति ज्याक माले नेपाल लगायत एसियाका १० देशहरुलाई सहयोग गर्ने बताइसकेका छन् ।

Loading...

प्रतिकृया दिनुहोस्