Banner newsसमाचार

दाइजो नल्याएको निहुँमा आफ्नै बुहारी ह’त्या गर्ने बाबुछोरा पक्राउ

काठमाडौं । अहिलेको समयमा पनि दाईजो नदिएको भन्दै यातना दिएर बुहारीलाई ह’त्या गरी फरार रहेका बाबु छोरालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन पचरुखी गाविस ६ हाल दुर्गा भगवती गापा ४ का बाबु खोभाडी मिश्र र छोरा श्यामप्रकाश मिश्र रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताउनुभयो ।

आफनै श्रीमती डोली मिश्रको ह’त्या गरी फरार भएको आरोपमा जिल्ला अदालत गौर नजिकैबाट हिजो मिश्र बाबुछोरा पक्राउ परेको प्रवक्ता कार्कीले जनाउनुभयो । २०७२ फागुन १७ गते डोली मिश्रलाई श्रीमान श्याम प्रकाश मिश्र, ससुरा खोभाडी मिश्र, देवर, सासु र नन्द मिलेर दाईजो नदिएका कारण विभिन्न या’तना पछी घाँटी थि’चेर ह’त्या गरी फरार भएको प्रहरीले जनाएको छ । मृतक डोली मिश्रका बाबु भारत बिहार शिवहर जिल्ला पिप्राढी पुनरवासका देवेन्द्र मिश्रको जाहेरीको आधारमा प्रहरीले कर्तब्यज्यान सम्वन्धि मुद्धा दर्ता गरेको थियो । ह’त्या मुद्धाका फरार सासु, देवर र नन्दको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close