समाचार

भारतीयहरुको दादागिरी बढेपछि प्रधानमन्त्रीको प्रशंसा गर्दै निखिल उप्रेतीले गरे सलुट, यि चर्चित कलाकारहरुले गरे मनिषाको सर्मथन

काठमाडौँ । भारतले अतिक्रमण गर्न खोजेको नेपाली भूमि समेटेर नेपाल सरकारले राजनीतिक नक्सा सार्वजनिक गरेसँगै यो विषयले अहिले नेपालमा माहोल तात्तिएको छ । कोरोनाको कहरकाबिच भारतले जब कालापानी लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्धघाटन गर्यो त्यसपछि नेपालले उक्त भूमि आफ्नो भएको भन्दै नक्सा नै जारी गरेपछि उक्त कदमको नायिका मनिषा कोइरालाले सर्मथन जनाएसँगै भारत हल्लिन पुगेको छ । मनिषाले मातृभूमिको सर्मथनमा गरेको एक ट्वीटले भारत थर्किएपछि भारतीयहरु मनिषा विरुद्ध जाइलागेपछि नेपाली कलाकारहरुले मनिषाको सर्मथनमा अभिब्यक्ति दिएका छन् ।

जसमध्ये झोला लोकप्रिय नायक निखिल उप्रेतीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको प्रशंसा गरेका छन् । राष्ट्रियताको मामिलामा एक हुन आग्रह गर्दै भारतिय आशिर्वादको आधारमा सरकार चलाउने र गिराउने जस्तो घिनाउने राजनीतिको अन्त्य गर्न पनि निखिलले आव्हान गर्दै निखिलले प्रधानमन्त्रीको प्रशंसा गर्दै सलुट नै ठोकेका छन् । निखिलले फेसबुक लाइभमा आएर भनेका छन्, ‘यो देशको लागि जुन चिजको साँच्ची नै खाँचो थियो । पहिलो पटक सम्माननिय प्रधानमन्त्री केपी ओली जीले गर्न सक्नु भयो ।

हामी सबैले सेलुट र आत्मासाथ गर्नु पर्ने कुरा हो ।’ त्यस्तै नायिका शिल्पा पोखरेलले पनि नेपाली चेली मनिषा कोइरालको समर्थन गरेकी छिन् । उनले सामाजिक संजालबाट आफ्नो प्रतिक्रिया दिँदै भनेकी छिन् ‘सबैको प्रेरणाको श्रोत, राष्ट्रको लागि तपाईंको अडान प्रशंसनीय छ । धेरै मानहानि र घृणाको सामना गर्नुपरे पनि, आशा छ कि तपाईं अझै बलियो हुनुहुन्छ । प्रेम र सम्मान, मनीषा कोइराला दिज्जु’, ‘हवल्दार सुन्तली’ शिल्पाले मनिषा कोइरालाको साथमा निर्देशक सम्झना रौनियार उप्रेतीसँगको तस्बिर राख्दै आफ्नो फेसबुकमा लेखेकी छन् ।

त्यस्तै अर्की नायिका गरिमा पन्त पनि अभिनेत्री मनिषा कोइरालाको समर्थनमा सामाजिक सञ्जालमा उत्रिएकी छिन् । गरिमाले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी छिन् ‘भारतिय मिडियाले मनिषा कोइरालाप्रति गरिरहेका टिप्पणी भत्र्सना लायक रहेको छ । सामाजिक संजालमा गरिमा अघि लेख्छिन् ‘मनिषाले भारतको केही खाएकी छैनन् । आफ्नो परिश्रमको ज्याला लिएर हजार गुणा बढी प्रतिफल भारतलाई दिएकी छिन् । आफ्नो मातृ भूमीलाई माया गर्दा भारतीय मिडिया बौलाएको छ । मनिषाप्रतिको टिप्पणी भत्सर्नालायक छ ।

Related Articles

Back to top button
Close