समाचार

काठमाण्डौ सहित अन्य जिल्लामा फेरी थपिए १९ जना संक्रमित, कोरोना तीव्र रुपमा फैलियो

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६०३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन आइतवार १९ जना संक्रमित थपिएका हुन्। जस अनुसार पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तु, काठमाण्डौमा नयाँ संक्रमित भेटिएका छन्। त्यसैगरी गुल्मीको मदानेमा पनि एकजना संक्रमित भेटिएका छन्।

यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको हो। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६०३ पुगेको छ। तीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको निधन भएको छ।

Related Articles

Back to top button
Close