Sunday, April 5

टेकु अस्पतालमा ला’स देखेको भन्दै भ्रम फैलाएका युवाले अमेरिकाबाट मागे माफी (स्टाटस सहित)

March 22, 2020 614

काठमाडौँ । अहिले विश्व कोरोनाका कारण त्र सि त छ । यस्तो अवस्थामा सामाजिक सञ्जालमा आएका भ्रामक समाचारले सर्वसाधारणमा थप त्रा स सिर्जन गर्छ । सामाजिक सञ्जालमा भिडियो बनाएर कोरोनाबारे गलत सूचना प्रवाह गरेका युवाले अमेरिकाबाट माफी मागेका छन् ।

टेकु अस्पतालमा पलास्टिकले बेरेर मानिस निकालेको भन्दै टिकटकमा भिडियो बनाएर पोष्ट गरेका उनी अमेरिकामा बस्छन् । अमेरिकावाटै उनले सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेखेर माफी मागेका छन् । उक्त भिडियोका कारण सर्वसाधारण थप त्र सि त भएका थिए ।

आफूले कोरोना भाइरसका कारण नेपालीको निधन भएको देखेको दाबी गरेका नयनराज पाण्डे नाम गरेका ती व्यक्ति अमेरिकाको टेक्सास बस्दै अमेरिका बस्दै आएको र आफूले गलत गरेको भन्दै माफी मागेका छन् ।

आफूले नै टेकुमा कोरोना भाइरसका कारण म रे का व्यक्ति देखेको दाबीसहितको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले टेकु अस्पतालमा उपचारका लागि गएका बेला पाँचजना कोरोनाकै कारण म रे को देखेको भन्दै भ्रामक सामग्री बनाएर पोस्ट गरेका थिए ।

उनले आफूबाट ठूलो गल्ती भएको भन्दै माफी मागेका छन् । सामाजिक सञ्जालमा आएका केही सामग्रीबाट प्रभावित भएको र आफूले गलत काम गरेको उनले उल्लेख गरेका छन् । उनले टिकटकमा पोस्ट गरेको भ्रामक सामग्री पनि डिलिट गरेका छन् ।

Loading...

प्रतिकृया दिनुहोस्