Thursday, April 2

कोरोनाको त्रा’सले मानिसहरु काठमाडौँ छोड्ने क्रम बढ्दै ! बसपार्कमा कयौ यात्रुहरुको बिचल्ली (भिडियो सहित)

March 22, 2020 253

पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो। उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ ।

घर जान आज बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो । महाशाखाका अनुसार अहिलेसम्म तीन दिनमा लगभग ३ लाख भन्दा मानिस बाहिरिएका छन् । केहीले टिकट पाए पनि कयौं यात्रुहरुको टिकट नभएका कारण बिचल्ली पनि भएको छ ।

यसै बिषयमा स्थलगत रिपोर्ट तयार पार्न हामी नयाँ बसपार्क पुगेका छौँ । सामाजिक संजालमा भाइरल भएका बखत बिष्टले घरतर्फ लाग्दै गरेका सर्वसाधारणसँग गरेको कुराकानी तलको भिडियोमा :

Loading...

प्रतिकृया दिनुहोस्