समाचार

भारत र चीनका सेनाबीच त’नाब, सेनाप्रमुख नै पुगे सीमाक्षेत्र

नयाँदिल्ली : कोरोनाभाइरस महामारीका बावजुद भारत र चीनको सीमाक्षेत्र लद्दाखस्थित दुई देशका सेनाबीच त’नाब बढिरहेको छ ।भारतीय मिडियाले उक्त सिमानामा चिनियाँ सेनाको घु’सपैठ भएको बताउँदैआएका छन् । खासगरी गलवान नदी क्षेत्रमा पर्ने सीमाका तीन स्थानमा चिनियाँ सेना सक्रिय देखिएको बताइएको छ ।भारतीय सेना प्रमुख एमएम नाराभान यही शुक्रबार पूर्वी लद्दाखस्थित सिमानाको अवस्था बुझ्न भन्दै लेह क्षेत्रमा अवतरण गरेका छन् । तर भारतीय सेना प्रमुखको सीमा अवलोकन लगत्तै चिनियाँ विदेश मन्त्रालयले लेह क्षेत्र चीनको भूमि भएको प्रतिक्रिया दिएको छ ।

जहाँ अघिल्लो साता भारतीय सेनाको ग’स्तीमा चिनियाँ सेनाले बाधा पुर्याएको भारतीय पक्षको भनाइ छ । साथै भारतको सार्वभौमसत्ता र सुरक्षाको लागि आफूहरु प्र’तिबद्ध रहेको भारतीय सेनाले जनाएको छ ।भारत र चीनका फौ’जहरुबीच प्यों’ग्यांग त्सो लेकस्थित केहीअघि भनाभन भएको थियो । साथै भारतीय पक्षले त्यस लगायत तीन स्थानमा आफ्नो भूमि चीनले क’ब्जा गरेको दावी गर्दैआएको छ ।चिनियाँ सिपाहीहरुले सीमा क्षेत्र नै पार गरी भारतीय भूमिमा बस्न थालेको बताइएको छ । जहाँ तीनै स्थानमा ८ सय देखि १ हजार चिनियाँ सिपाही तैनाथ भएको बुझिएको छ ।

Related Articles

Back to top button
Close