समाचार

बर्षा राउतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालीले मेरै हो भन्न मिल्दैन भनेपछि रिमाले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौँ । सारा नेपालीले भारतले अतिक्रमण गर्ने चेष्टा राखेको कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा खुलेर बिरोध गर्दा नायिका वर्षा राउतले भने विबादास्पद बयान दिएपछि वर्षाको सर्मथन गर्दै अर्की नायिका तथा कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले उनको सर्मथन गरेकी छिन् ।

एक युट्युव च्यानलसँगको अन्तरावार्ताका क्रममा नायिका बर्षा राउतले भारत र नेपाली पत्रकारहरुले विबादित भूमि आ आफ्नो भएको दाबी गर्दा आँफुलाई अप्ठ्यारो भएको भन्ने विबादास्पद प्रतिक्रिया दिएर माफी पनि मागेपछि रिमाले भने वर्षा विरुद्ध उत्रिनेहरुलाई दनक दिँदै उनको बचाउमा उत्रेकी छिन् । सामाजिक संजालमा प्रतिक्रिया दिादै रिमाले लेखेकी छिन्, ‘हैन,कस्तो समाजमा हुर्किदै छौं हामी ११ कति बेला कस्ले के थल्ती गर्छ र उसमाथी खनिउ भनेर बसे जस्तो ।

उनी फेरि थप्छिन् , आफ्नाले आफ्नालाई चै जे भन्दा पनि हुने अनि अर्काले चै राष्ट्रवादी अपमानको नारा लगाउने रु स्मरण होस हामी मानव हौं । यहाँ कोहि पनि पुर्ण दक्ष छैन । शव्द केलाउने होईन आशय, आचरण र अभिव्यक्त्तिको मनसाय बुझ्ने प्रयास गरौं । भुलचुक भएका र नजानेकालाई सिकाउँ । सभ्य समाजको निर्माणमा जुटौं । रिमाले लेखेको प्रतिक्रिया पढ्नुहोस् जस्ताको त्यस्तै

Related Articles

Back to top button
Close