समाचार

भारतले नाकाबन्दी लगाउँदा चीनसंग भएको पारवाहन सन्धी अनुसार, लान्झोउबाट नेपालतर्फ हिंड्यो ३९० टन सामान बोकेको मालबाहक रेल

काठमाडौं, ११ जेठ । चीनवाट आएको एउटा समाचारले अहिले नेपालमा राहतको महशुष गराएको छ । नेपाल र भारतबीच सीमा विवादले तनाव बढेका बेला चीनको लान्झोउबाट ३९० टन सामग्री बोकेको कार्गो रेल शुक्रबार नेपालतर्फ छुटेको खबरले नेपालमा राहत महशुष गराएको हो । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियामा नेपालको सार्वभौमिकता माथि प्रश्न उठाउँदै प्रहार भइरहेको छ ।

भारतले पाम आयल निर्यातमा कटौती समेत गरिसकेको छ । भुकम्पको अप्ठेरोवाट नेपाल गुज्रदा पनि संविधान निर्माणको विषयलाई लिएर नेपालमा भारतले नाकावन्दी लगाएको थियो । अहिले पनि त्यस्तै अवस्था सिर्जना हुन्छ की भन्नेमा नेपालीमा चर्चा सुरु भएको छ । यस्तोमा चीन तर्फको पारवाहन सम्झौतालाई प्राथमिकता दिन सकिन्छ ।

नेपाल र चीनबीच अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता भएपछि परिक्षणका रुपमा लान्झोउ अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहबाट पहिलोपटक मालबाहक रेल नेपालतर्फ प्रस्थान गरेको हो। नेपालमा अहिले दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । चिनले आफ्नो देशमा कोरोना नियन्त्रणका लागि अपनाएको अनुभव अन्य मुलुकले चाहे सहयोग गर्ने बताउँदै आएको छ ।

चिनियाँ सञ्चार माध्यमहरूले जनाएअनुसार शुक्रबार लान्झोउबाट हिंडेको रेल तिब्बतको सिगात्सेसम्म आउने छ, जहाँबाट सडकमार्ग भएर ट्रकमा ती सामग्री काठमाडौं ल्याउने तयारी छ। गान्सु प्रान्तस्थित लान्झोउ सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न पाउने गरी सम्झौता गरिएका चीनका सात समुद्री र सुख्खा बन्दरगाहमध्ये एक हो, जुन नेपालबाट सबैभन्दा नजिक मानिन्छ।

‘लान्झोउबाट छुटेको यो रेल चीन–दक्षिण एसिया अन्तर्राष्ट्रिय रेलसेवा अन्तर्गतको पहिलो मालबाहक रेल हो’, चीनको सरकारी सञ्चार माध्यम चाइना न्यूजले शनिबार लेखेको छ, ‘जुन रेलले तिब्बतको सिगात्सेसम्म सामग्री पुर्याएपछि त्यहाँदेखि सडकमार्गबाट काठमाडौं पुर्याइने छ। यसका लागि करिब १० दिन लाग्ने छ, जसबाट पहिलेको समुद्री मार्ग ९कलकत्ता० बाट ढुवानी हुने समयमा ३५ दिन बचत हुनेछ।’

मालबाहक रेल २६ व्यापारिक समूहका १३ लाख अमेरिकी डलर ९करिब १६ करोड रुपैयाँ० बराबरको ३९० टनभन्दा बढी सामग्री बोकेर हिंडेको हो बताइएको छ । जसमा कपडा, जुत्ता, अटो पार्टस् र निर्माण सामग्री छन्। सिगात्सेबाट सडकमार्ग हुँदै ती सामग्री केरुङ र तातोपानीबाट नेपाल भित्र्याउने तयारी छ।
भारतले नेपाललाई नाकाबन्दी लगाउँदा चीनसंग भएको पारवाहन सन्धीले अहिले अप्ठेरो परेको बेलामा काम आएको छ ।

Related Articles

Back to top button
Close