समाचार

कोरोना भाइरस जितेपछि बिलासेले भने- ‘अब भारतबाट कहिले मुक्ति पाउने ?’

काठमाडौं, ११ जेठ । कुनै समय हास्य टेलिश्रृखला ‘भद्रगोल’मा बिलासेको भूमिकाबाट चर्चा कमाएका कलाकार सुवास कार्की कोरोना भाइरस मुक्त भएका छन् ।

हाल बेलायतमा बस्दै आएका कार्कीलाई केही महिनाअघि कोरोना संक्रमण भएको थियो । लामो समयको उपचारपछि उनी कोरोना भारस मुक्त भएका हुन् ।

उनले आफ्नो फेसबुकमा आफू कोरोना मुक्त भएको बताएका छन् । उनले दुई तस्बीर राख्दै फेसबुकमा भनेका छन् – ‘कोरोना भाइरसबाट त मुक्ति पाइयो, अब भारतबाट कहिले मुक्ति पाउने हो ? हामि नेपाली हाम्रो नेपाल ।’

Related Articles

Back to top button
Close