समाचार

कतारमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या झण्डै सात हजार, मलेसियामा ५५ जना

काठमाण्डौ – कतारमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या झण्डै सात हजार पुगेको छ । शनिबार साँझसम्ममा कतारमा ६ हजार ९ सय ११ जना नेपाली सङ्क्रमित भेटिएको बताइएको छ । अघिल्लो हप्ता २५ सय नेपाली सङ्क्रमित भएकोमा यो हप्ता मात्रै थप ४४ सय ११ जनालाई कोरोना सङ्क्रमण देखिएको एनआरएनएको स्वास्थ्य समितिको तथ्याँक रहेको छ ।

साउदीमा १३ सय ६४, बहराइनमा ३३१, कुवेतमा ८४, मलेसियामा ५५ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । त्यसैगरी यूएईमा ५ सय नेपाली सङ्क्रमित भएका छन् ।

यो सातामात्रै यूएईमा थप ९ जनासहित कोरोनाको कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या १८ पुगेको छ । बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको छ भने साउदीमा यो साता पाँच जनासहित अहिलेसम्म ७ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ

Related Articles

Back to top button
Close