समाचार

सरकारलाई नै थाहा छैन इद पर्व : फेरी सच्याएर भोली सार्वजनिक बिदाको निर्णय

काठमाडौं । मुस्लिम समुदायले मनाउने ईद पर्वका सम्बन्धमा सरकार नै झुक्किएको छ । मन्त्रीपरिषद् ले आज नै ईद भनेर सार्वजनिक विदा दिने निर्णय गरेको थियो । तर त्यो सार्वजनिक बिदा सच्याएको छ । यसअघि जेठ ११ गते आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

सोही निर्णयअनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको थियो । तर, गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याइएको जानकारी दिएको छ । अब ईदको सार्वजनिक बिदा सोमबार दिइएको गृह मन्त्रालयको संशोधित सूचनामा उल्लेख छ ।

Related Articles

Back to top button
Close