अन्तर्राष्ट्रिय समाचार

बंगलादेशमा कोरोनाको औ ’ षधि बिक्री सुरु , औषधिको मूल्य कति ?

ढाका। बंगलादेशको बेक्सिमको फार्मास्युटिकल्स लिमिटेड संसारमै कोरोनाको औ’षधि बेच्ने पहिलो पहिलो कम्पनि बनेको छ औ’षधिको मूल्य ८ देखि ९ हजार पर्ने बताइएको छ। कम्पनीले सरकारी अस्पतालमा भने यसलाई निशुल्क वितरण गरिने बताएको छ ।
बीबीसीका अनुसार बैगलादेशको औ’षधि उत्पादक कम्पनी बेक्सिम्कोले एन्टिभाइरल औ’षधि रेमडेसिवियरको एउटा जेनेरिक संस्करण तयार गरेको छ। उक्त औ’षधिको जेनेरिक संस्करण उत्पादन गर्ने यो विश्वकै पहिलो कम्पनी हो।
रेमडेसिवियरको मूल रुप भने अमेरिकाको गिलिड साइन्सेज नामक कम्पनीले तयार गरेको हो, जुन इबोला भाइरसको उपचारका लागि प्रयोग गरिएको थियो। हालै अमेरिकामा भएको एक अध्ययनमा रेमडेसिवियरले कोरोना भाइरसका गम्भीर बिरामीको रिकभरी समय कम गर्न मद्दत पुगेको पाइएको थियो। औ’षधिको प्रयोगपछि पनि मानिसलाई जीवित राख्न भने उल्लेख्य सफलता मिलेको छैन।
विशेषज्ञहरुले रेमडेसिवियरलाई कोरोना भाइरसको लागि ‘जादूको क्याप्सुल’को रुपमा नलिन पनि चेतावनी दिइरहेका छन्। कोरोनाको कुनै औ’षधि वा भ्याक्सिन बन्न नसकिरहेको अवस्थामा कैयौं देश यो औ’षधि परीक्षण गर्न इच्छुक छन्। बेक्सिम्कोको यो उपलब्धिबाट दक्षिण एसियाली मुलुकमा यो औ’षधि तत्काल आपूर्ति हुन सक्ने निश्चित भने भएको छ। औषधि उत्पादनका लागि बेक्सिम्कोले भारत तथा पाकिस्तानमा साझेदारसमेत खोजिरहेको बताइएको छ।
देशमा २४ घण्टामा १७७३ जनामा संक्र’मण देखिएको छ । त्यहाँ संक्रमितको संख्या २८ हजार ५११ पुगेको छ ।बुधबार चीनका राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री शेख हसिनासँग महामारीलाई लिएर फोनमा कुराकानी गरेका छन् । चीनले बंगलादेशमा एक विज्ञ टोली पढाउन चाहेको संवादमा सीले जनाएका छन् ।

Related Articles

Back to top button
Close