समाचार

कोरोना राहतको विषयमा नेका र नेकपा बीच झ’डपमा गो’ली च’ल्यो, डेढ दर्जन घाइते, एक ग’म्भिर

सिरहामा राहतको विषयलाई लिएर हिजो शुक्रबार भएको झ’डपका क्रममा गो’ली चलेको छ । राहतको विषयमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झ’डप भएको हो । गो’ली ला’गेर एक जना घाइते भएका छन् । झ’डपका क्रममा दुवै तर्फमा करिब डेढ दर्जन घाइते भएका छन् । गो’ली ला’गेर घाइेत भएका र झ’डपका क्रममा घाइेत मध्य ग’म्भिर अवस्थाका ३ जनालाई उपचारका लागि विराटनगर लगिएको छ ।

गो’ली लागेर नरहा गाउँपालिकाका ५५ वर्षीय अख्तर मण्डल ग’म्भीर घाइते भएको सिरहा प्रहरीले जनाएको छ। उनीसँगै ग’म्भीर घाइते तीन जनालाई उपचारका लागि विराटनगर लगिएको छ।

आफ्ना कार्यकर्तालाई मात्रै राहत बाँडेको भन्दै कांग्रेस र समाजवादीका कार्यकर्ताले वि’रोध सुरु गरेपछि अवस्था विग्रिएको थियो । काँग्रेस र समाजवादीका कार्यकर्ता प्रद’र्श’नमा उत्रिए पछि उनीहरुमाथि नेकपाका वडाध्यक्ष पक्षले गो’ली चलाएको स्थानीयको आ’रोप छ।

नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले राहतको विषयमा आफ्ना वडाध्यक्षमाथि कांग्रेस र समाजवादीका कार्यकर्ताले आ’क्रम’ण गरेको जनाएका छन् । उनले गो’ली च’लेको स्वीकार गरेपनि कसले चलाएको भन्ने विषयमा भने अनभिज्ञता जनाएका छन् । झ’डपमा दुवै पक्षका करिब डेढ दर्जन घाइते भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विनोद घिमिरेले बताए।

दुई हप्ताअगाडी वडा कार्यलयबाट कोरोना प्रभावितहरुलाई राहत वितरण गरिएको थियो। त्यसमा केही व्यक्ति छुटेको भन्दै कांग्रेस र जनता समाजवादी पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले वडाअध्यक्ष अशोक साहसँग उनको घरमै पुगेर गुनासो गरेका थिए।

त्यसपछि वडाअध्यक्ष साहले आफुलाई गा’ली बेइ’ज्जत गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। साह नेकपाबाट निर्वाचित वडाअध्यक्ष हुन्। वडाअध्यक्ष साहले ५१७ घर परिवार दलित, गरिबलाई राहत वितरण गरेको दाबी गरेका छन्। त्यसबाहेक २ सय भन्दा बढी घरपरिवारलाई राजनीतिक पूर्वाग्रह राखी राहत नदिएको कांग्रेस पक्षको आरोप थियो।

छुटेकाहरुलाई पनि राहत वितरण गर्नुपर्ने माग राख्दा साहले छलफलका लागि वडा कार्यालयमा बोलाएर कु’ट’पि’ट गराएको स्थानीय कांग्रेस नेता कौशल मण्डलको आरोप छ। आफुले सबैलाई मिलाएर राहत वितरण गरेको वडाअध्यक्ष साहले बताए। छुटेकालाई राहत वितरण गर्ने विषयमा छलफल भइरहँदा कांग्रेस र समाजवादी पार्टीका नेताहरुले वि’वाद खडा गरेको उनको आरोप छ। नागरिकता नभएका केही व्यक्तिहरु छुटेको उनले सुनाए। वडा कार्यालयमा आएर ज’र्वज’स्ती गर्न थालेपछि झ’डप भएको उनले बताए।

Related Articles

Back to top button
Close